दाइजोमा कार नपाउँदा श्रीमतीसहित दूधे छोरी घर निकाला

दाइजोमा कार नपाउँदा श्रीमतीसहित दूधे छोरी घर निकाला

विराटनगर : दाइजोमा कार नपाएको भन्दै श्रीमतिसहित छोरीलाई घर निकाला गरेका छन्।  विराटनगर-१५ का चन्दन कुमार दास र उनकी आमा सरितादेवीले  जिमी कुमारीलाई कुटपिट गरी घर निकाला गरेका हुन्।। दुधे छोरीसहित घरबाट निस्किएकी कुमारी अहिले माइतीको शरणमा छिन्। 

दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई घर निकाला गरेका दासले भारतीय आधार कार्ड बनाएको भेटिएको छ। दाइजोमा मागेको कार नदिँदा श्रीमती र दुधे छोरीलाई घर निकाला गरेका दाससँग भारत विहार राज्यको आधार कार्ड र नेपाली नागरिकता भेटिएको हो। 

दासको विहार राज्यको फारबिसगञ्ज-२४ की २३ वर्षीया जिमी कुमारीसँग २०७३ फागुन १९ गते विवाह भएको थियो।विवाह भएको एक महिनापछि दास परिवारले जिमीका बुवासँग दाइजोमा कार मागेको थियो।

दासले साविकको विराटनगर १९ वाट २०६३ चैत्र ३० गते जन्मका आधारमा नागरिकता लिएका थिए। बाबुराम पोखरेलको हस्ताक्षर भएको नेपाली नागरिकता प्रमाणपत्रमा अखिल कुमार दास बुवाको नाम उल्लेख रहेको छ। नेपाली नागरिकताको नम्बरमा दासको ज. ०५३०८४/२९३ उल्लेख गरिएको छ।उनको फोटो सहितको मतदाता प्रमाण पत्रको फारम नम्बर २१७०५३८ उल्लेख गरिएको छ। 

दासले भारत विहार राज्यबाट लिएको आधार कार्ड ग्राम नगर हरिपुर-९ पोष्ट हरिपुर थाना फारविसगज अनुमंडल अररिया जिल्लाबाट लिएका छन्। उनले लिएको आम आदमीका अधिकार भन्ने कार्डको नम्बर ३३६१९५८६६१३७ छ।बुवाको नाम नेपाली नागरिकता  र भारतीय अधार कार्डमा अखिल कुमार दास नै रहेको छ। 

उनले विहारको स्थाई निवासी भएको प्रमाण (निवास प्रमाणपत्र ) समेत अररिया अनुमंडल  फार्बेस्गज प्रखण्ड फारविसगज बाट अंग्रेजी तारिक १७/०३/२०१७ मा लिएको प्रमाण समेत फेला परेको छ। 

उनको आमाको समेत दोहरो नागरिकता रहेको छ। दासको आमा सरिता दासको फोटो सहितको मतादाता र अधार कार्ड रहेको पाइएको छ। भाइ चेतन कुमार दासको भारतीय आधार कार्ड नम्बर ५६८८९८२७९४०१ रहेको छ।

नेपाली नागरिकतामा चन्दनको विस २०४४साल चैत्र ६ गते जन्म मिति उल्लेख गरेका छन भने आधार कार्डमा दासले अंग्रेजी तारिख २६-०२-१९८८ उल्लेख गरिएको पाइएको छ।

अमेरिकन वाईसोप्ट कम्पनीमा काम गर्ने दासले बिहेका बेला भारतीय रूपैयाँ ३ लाख ५१ हजारसहित हिरोहोण्डा मोटरसाइकल दाइजो लिएर विवाह गरेका थिए।

एक महिनासम्म राम्रैसँग घर-व्यवाहर चलाएकी जिमीका श्रीमान् चन्दन काम गर्न भारतको चेन्नईतिर गएपछि सासू सरितादेवीले कार माग गरेकी थिइन्।माइती पक्षले कार दिन नसक्ने जनाएपछि आफूलाई शारीरिक एवं मानसिक यातना दिँदै कुटपिट गरी  घर निकाला गरेको जिमीले बताइन् ।दास अहिले चेन्नईतिर बस्दै आएका छन्।

न्यायका लागि प्रशासन एवं मानवअधिकारवादी संघ-संस्थामा पहल गरेको बताइन्।श्रीमान्को दोहोरो नागरिकता भएको जिमीले बताइन्। उनले भारतीय नागरिक भएर नेपालको नागरिकता समेत लिएकाले कानुनी कारवाही गर्नु पर्ने उनले बताइन्।   

छोरीसहित आफू घर निकाला गरेका दासलाई कारवाही गर्नुपर्ने भन्दै उनी विराटनगरमा आएकी हुन्।दोहरो नागरिकता लिएका दासले सम्बन्ध विच्छेद मुद्दा समेत मोरङ जिल्ला आदालतमा दिएका छन्। भारतमा नै काम गर्दै आएका दासले श्रीमती बीए पास नगरेको थाहा पाएपछि आत्माग्लानी भएको बताएका छन्। पाँच तोला सुन र २० तोला चाँदीसहित ८० हजार नगद लिएर श्रीमती माइती गएको उनले दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.