पोखरा विमानस्थलमा हेली एयरको हेलिकप्टर दुर्घटना

पोखरा विमानस्थलमा हेली एयरको हेलिकप्टर दुर्घटना

पोखरा : पोखरा विमानस्थलमा एक पाइलट र एक यात्रु चढ्न मिल्ने जाइरोकप्टर दुर्घटनामा परेको छ। 

जाइरोकप्टर दुर्घटनामा परे पनि पाइटल र यात्रु सकुशल रहेको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए। मंगलबार दिउँसो २ बजे धावनमार्गमा चिप्लिएर जाइरोकप्टर दुर्घटनामा परेको हो। हेली एयर नेपालको जाइरोकप्टर दुई बजे अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले बताए।

पोखरा विमानस्थलका अनुसार फ्रान्सका ४५ वर्षीय पाइलट एरिकले नवलपरासीका यात्रु ३५ वर्षीय अनिश भट्टचनलाई राखेर १:४५ बजे जाइरोकप्टर उडाएका थिए।

१५ मिनेट पोखराको दृश्य हेरेर फर्केको जाइरोकप्टर विमानस्थलको उत्तरतर्फबाट अवरतण गर्ने क्रममा चिप्लिएर दक्षिणतर्फको तारबारमा पुगेर ठोक्किएको डीएसपी गुरुङले बताए। प्रहरीका अनुसार दुर्घटनामा परेको जाइरोकप्टरका दुवै पंखा भाँच्चिएका छन्। साथै सिसासमेत फुटेको छ। 

बै पंखा भाच्चिएको छ भने अगाडिको सिसा फुटेको छ। पाइलट र यात्रु सकुशल रहेको नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका सूचना अधिकारी काशिराज शर्माले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.