कम्प्युटर अपरेटर घुससहित पक्राउ
काठमाडौं : ईलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्युटर अपरेटर अशोककुमार सिंहले घुससहित पक्राउ परेका छन्।
सेवाग्रहीसँग नागरिकत्ताको प्रमाणपत्र बनाउन सहज गराई दिए वापत घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनलाई नियन्त्रणमा लिएको हो।
उनलाई कार्यकक्षबाटै चार हजार घुसलिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ। पक्राउ परेका सिंह कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ।