किर्ते कागज बनाएर स्थायी शिक्षक !

किर्ते कागज बनाएर स्थायी शिक्षक !

काठमाडौं : अनुभवको कागजात किर्ते बनाएर स्थायी शिक्षक बनेका मनोजकुमार बुढाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

शिक्षक सेवा आयोगको परीक्षा दिने क्रममा किर्ते कागजात बनाएर बुढा महेन्द्रोदय माध्यमिक विद्यालय, षडानन्द नगरपालिका १४, भोजपुरका निम्न माध्यमिक तहका शिक्षक बनेका थिए।


शिक्षक सेवा आयोगले पूर्वाञ्चल विकासक्षेत्रको लागि निम्न माध्यमिक तहको सामाजिक विषयको शिक्षकका लागि गरेको विज्ञापनमा परीक्षा दिने क्रममा अन्तर्वार्ताको लागि छुट्याइएको २५ अङ्कमध्ये १२ अङ्क सेवा गरेबापत पाउनेमा किर्ते अनुभवको कागजात बनाएका थिए। 

उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। किर्ते कागजात बनाएर निम्न माध्यमिक तहको शिक्षकमा पूर्वाञ्चल विकास क्षेत्रमा पोष्टिङ्ग भएको उजूरी परेपछि अख्तियारले छानबिन गरेका थियो। 

निम्न माध्यमिक तृतीय तहको शिक्षक पदमा नियुक्ति भई सरकारी लाभ समेत लिएको पाइएपछि उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। 


उनीविरुद्ध छ महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिबानाको मागदाबी गरिएको छ।

शिक्षक बाल्मिकी प्रसाद सिंहले श्री मान्ने ढुङ्गा उच्च माध्यमिक विद्यालय, टालेगाउँ, जाजरकोटमा प्रधानाध्यापक रहँदा मनोज कुमार बुढालाई गैरकानुनी लाभ तथा नेपाल सरकारलाई हानि पुर्यायउने बदनियतले झुट्ठा एवं नक्कली अस्थाई नियुक्ति दिएका थिए।

झुट्ठा र नक्कली विवरण दिने सिंहविरुद्ध तीन महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबानाको माग दाबी गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.