दार्चुला–तिंकर सडक निर्माण सुस्त

दार्चुला–तिंकर सडक निर्माण सुस्त

दार्चुला : जिलेटिन उपलब्ध भएको सात महिनामा पनि दार्चुला–तिंकर सडक निर्माण सुस्त छ। सुरुमा जिलेटिन (चट्टान फोड्न चाहिने विस्फोटक) अभावले दुई वर्षसम्म काम रोकिएको थियो।

बझाङको कालंगाड जलविद्युत् आयोजनाबाट ९ हजार ३ सय किलो जिलेटिन सापटीमा ल्याइएको थियो। त्यसमध्ये १ हजार ३ सय ८५ किलो प्रयोग भएको सडक आयोजनाले जनाएको छ। यसले पीपल चौरीको विजयपुर भीर, व्यास गाउँपालिका–५ धौलाकोट क्षेत्र र दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रको चट्टान फुटाइएको हो। विजयपुर भीरमा ८ पटक जिलेटिन विस्फोट गराइएको छ। उक्त क्षेत्रको सडक निर्माणमा १ सय ६५ किलो प्रयोग भएको सबइन्जिनियर नवीन जोशीले बताए।

धौलाकोट क्षेत्रको सडक खुलाउन ३ सय ५० किलो खर्च भएको तथ्यांक छ। सदरमुकामनजिकै राताकाठा क्षेत्रमा ११ पटकमा ८ सय ७० किलो विस्फोट गराइएको छ। सेनाको सुरक्षा निगरानी र व्यवस्थापनमा मात्र जिलेटिन प्रयोग हुने भएकाले समय बढी लागेको हो। यसको प्रयोगमा सेनाको टोली परिचालन हुने व्यवस्था छ।

६ महिनाअघि सुन्सेरासम्म गाडी पुग्ने भनिएको थियो। ठेकेदार कम्पनीले एउटा मेसिन मात्र सडक निर्माणमा प्रयोग गरिरहेको छ। विजयपुर भीर, धौलाकोट र राताकाठा क्षेत्रको चट्टान फुटाउन विस्फोटक पदार्थ प्रयोग गरिएको छ। तर, सडक निर्माणले गति नलिएको स्थानीयको गुनासो छ।

राताकाठा क्षेत्रको सडक सुधार हुन नसक्दा दुुहुँ गाउँपालिकाका बासिन्दाले कष्टपूर्ण यात्रा गर्नुपरेको हिकिलाका लोकेन्द्रबहादुर बमले बताए। ‘ब्रह्मदेव, धारी, हिकिला र पीपल चौरीका स्थानीयले सदरमुकामसम्म आवतजावत गर्न दुई ठाउँमा गाडी चढ्नुपर्ने र राताकाठा क्षेत्रमा पैदल हिँड्नुपर्ने बाध्यता छ’, उनले भने।                            

सडक योजना प्रमुख अच्युत पन्तले वैशाखभित्रै व्यास गाउँपालिका केन्द्र सुन्सेरासम्मको ट्र्याक खोलिने दाबी गरे। ‘दैनिक रूपमा काम भइरहेको छ, केही दिनमै सुन्सेरामा गाडी पुग्छ’, उनले भने। सुन्सेराभन्दा अगाडिको क्षेत्रमा पनि तत्काल सडक निर्माणले गति लिने उनको दाबी छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.