कालापानी र लिपुलेक नभएको नक्सा विमानस्थलबाट हटाइयो

कालापानी र लिपुलेक नभएको नक्सा विमानस्थलबाट हटाइयो

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलमा राखिएको  कालापानी र लिपुलेक नभएको नेपालको नक्सा हराइएको छ ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय विभागको ‘वेइटिङ रुम’मा राखिएको नेपालको नक्सामा नेपालको पश्चिम सीमानामा रहेको कालापानी र लिपुलेकको भाग थिएन । 

मंगलबार अन्नपूर्ण पोस्टले यसबारे खबर प्रकाशन गरेको थियो । सरकारले आधिकारिक नक्सा सार्वजनिक गरेर सबै सरकारी कार्यालय र सार्वजनिक महत्वका स्थानमा राख्ने भने पनि विमानस्थल मै नेपालको नक्सा नराखिएको प्रशंग समाचारमा उठाइएको थियो । 

विदेशी आवतजावत गर्ने ठाउँमा नै नेपालको गतल नक्सा राखिएको थियो ।बुधबार बिहान विमानस्थल पुग्दा टागिएको नेपालको गलत नक्सा हराइएको पाइयो।  पहिले गलत नक्सा भन्ने थाहा नपाएर राखिएको र थाहा पाएपछि हटाइएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले बताए । 

नक्सा हराइए अर्को कालापानी र लिपुलेकसहितको नक्सा भने राखिएको छैन् । त्यो ठाउँ खाली छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.