मालपोतका दुई कर्मचारीविरुद्ध मुद्दा
काठमाडौं : अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, बारा, कलैयाका दुई कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ।
सोही कार्यालयमा विचाराधीन मोहीसम्बन्धी मुद्दामा जग्गाको मोही कट्टा गरी दिन्छु भनी सेवाग्राहीसँग लिने खरिदार रामजीप्रसाद साह र विचौलिया खड्गभक्त शर्मा खरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
उनीहरुलाई सेवाग्राहीसँग घुस लिँदा लिदै पक्राउ गरिएको थियो। अख्तियार भष्ट्राचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ।