बाबुरामले उपेन्द्रसँग आत्मसमर्पण गरेको नयाँ शक्तिका असन्तुष्ट नेताको आरोप

बाबुरामले उपेन्द्रसँग आत्मसमर्पण गरेको नयाँ शक्तिका असन्तुष्ट नेताको आरोप

काठमाडौं : संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीचको पार्टी एकता सम्मानजनक नभएको भन्दै नयाँ शक्तिमा रहेका एक दर्जन नेताले असन्तुष्टि जनाएका छन्। 

पार्टीभित्र एकताको विधिका विषयमा छलफल र बहस नै नगराई हठात एकता प्रक्रियामा सहभागी भएको असन्तुष्ट पक्षको आरोप छ।  असन्तुष्ट नेताले डा. बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन्। 

कृषि विज्ञसमेत रहेका नयाँ शक्तिका नेता मदन राईको ललितपुर ढोलाहिटी निवासमा बुधबार बसेको असन्तुष्ट नेताको भेलाले बाबुरामलाई ज्ञापनपत्र बुझाउने निष्र्कष निकालेको भेलामा सहभागी नेता नारायण तिवारीले जानकारी दिए। 

‘पार्टी एकता गर्दा लोकतान्त्रिक अभ्यास भएन, नयाँ शक्तिले उठाएका ५ ‘स’ को एजेण्डाको सम्बोधन भएन, संगठनात्मक एकता पनि सम्मानजनक, सन्तुलित र न्यायोचित भएन,’ नयाँ शक्तिका केन्द्रीय सदस्य  नेता तिवारीले अन्नपूर्णसँग भने, ‘यस विषयमा बाबुराम भट्टराईलाई लिखित ज्ञापनपत्र बुझाउने निर्णयमा हामी पुगेका छौं।’


भेलामा पूर्वमन्त्रीसमेत रहेकी नेतृ कल्पना धमला, देवेन्द्र पराजुली, तीन नम्बर प्रदेश इन्चार्ज रहेका सोनामसिंह स्याङतान, कर्णाली संयोजक रामबहादुर बोहोरा, रामरिझन यादव, भक्तबहादुर साह, पूर्वसभासद् ज्ञानेन्द्र कुमाललगायत नेता सहभागी थिए। 

उनीहरुले एकीकृत पार्टीको नाम, झण्डा र चुनाव चिन्ह पनि फोरमकै लिएको र नेतृत्वका सवालमा पनि उपेन्द्रलाई कार्यकारी भूमिका दिएर आफू सेरोमेनियल मात्र बनेको भन्दै असन्तुष्टि जनाएका थिए।

‘यो पार्टी एकता वैज्ञानिक हुनै सकेन, हामीलाई एकता पूर्वकेन्द्रीय समितिमा बोलाएर लोकतान्त्रिक विधि र प्रक्रियाका आधारमा छलफल गर्ने दिइएन,’ तिवारीले भने, ‘एकता भनेका सम्मानजनक र बराबरीकौ हैसियतमा हुनुपर्दथ्यो। सिधै समर्पणका भाव देखिने गरी एकता भयो। यसमा हाम्रो असहमति हो।’

उनले जातियताको मुद्दा, ११ प्रदेशको राज्य पूर्नसंरचनाका विषय अहिले अनाश्यक मुद्दाका रुपमा उठाउन खोजिएकोमा पनि भेलामा सहभागी नेताले विमति राखेका छन्। उनीहरुले पहिले भट्टराईलाई लिखित ज्ञापनपत्र बुझाउने र त्यसपछि पनि आफ्ना मागको सम्बाधेन हुन नसके छुट्टै विचार समूहका रुपमा अगाडि जाने विषयमा पनि छलफल चलाएका थिए। यद्यपि अन्य पार्टीसँगको एकतामा जाने विषयमा भने उनीहरुले कुनै छलफल नगरेको तिवारीले बताए।

‘हामी यही भित्र संर्घष गर्ने तयारीमा छौं, पार्टी कतै प्रवेश गर्ने भन्ने होइन,’ तिवारीले भने। ज्ञापनपत्रका लागि बाबुरामको समय मिलाउने जिम्मा नेतृ धमलालाई दिइएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.