झापामा शंकास्पद वस्तु : कुकरभित्र सीसाका टुक्रा र धाराका पाइप

झापामा शंकास्पद वस्तु : कुकरभित्र सीसाका टुक्रा र धाराका पाइप

बिर्तामोड : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिकामा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले हटाएको छ। आइतबार विहान पाँच बजे कनकाइ पुलछेउमा भेटिएको शंकास्पद सेनाले हटाएको हो।

सेनाले निस्क्रिय पार्ने क्रममा उक्त वस्तु बम नभई कुकरभित्र सिसाका टुक्रा र धाराका पाइप भेटिएको छन्। कुकर बम जस्तो देखाएर नागरिकलाई त्रसित पार्न त्यसो गरेको हुनसक्ने प्रहरीको भनाई छ।

स्थानीयले कुकुर बम भेटिएको भन्ने जानकारी सुरक्षा निकायलाई दिएपछि शंकास्पद वस्तु हटाउने काम सुरु भएको थियो। शंकास्पद फेला परेको एक घण्टापछि मेचीनगरस्थित श्रीनाथगण चारआलीबाट पुगेको नेपाली सेनाको टोलीले हटाउने काम सुरु गरेको थियो। 

शंकास्पद वस्तु बम हुनसक्ने भन्दै प्रहरीले दुबैतर्फ यातायात रोकेपछि विहान करिब साढें तीन घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो। सडक किनारमा पेसर कुकरमा तार जेलेर राखिको वस्तु कुकर बम हुनसक्ने भन्दै सेनाले माईकिनारको खुल्ला स्थानमा लगेर उक्त वस्तुलाई खेलेको इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए। 

बम राखेको भन्दै साडे ३ घण्टासम्म सवारी साधन रोकिदा सर्वसाधारण, बिरामी तथा परीक्षा दिन हिँडेका विद्यार्थीहरुलाई समस्या भएको छ। शंकास्पद वस्तु हटाएसँगै यातायात सञ्चालनमा आएका छन्। 

गोर्खा नेपाल जनमुक्ति मोर्चाको पर्चा

शंकास्पद वस्तु राखिएको स्थानमा गोर्खा नेपाल जनमुक्ति मोर्चाको पर्चा र छापा लगाएको लेटरप्याट फेला परेको छ। 

लेटरप्याडमा केही नलेखेपनि छाप लगाएको पर्चामा सुगौली सन्धि मार्फत् नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगीकृत नागरिकता फिर्ता, संघीयता खारेज गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही, निःशुल्क शिक्षा र उपचारसहितको माग उल्लेख गरिएको छ। उक्त वस्तु भेटिएको स्थानमा गोर्खा नेपाल जनमुक्ति मोर्चाको पर्चा भेटिएकाले मोर्चालेनै सो वस्तु राखेको प्रहरीको अनुमान रहेको छ । 

मन्त्री आएकै दिन बम र पर्चा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल झापा आएकै दिन मोर्चाले शिक्षाको विषयलाई पनि पर्चामा उल्लेख गर्दै सबैको ध्यान केन्द्रीत गर्न शंकास्पद वस्तु राखेको पाइएको छ। नमुना विद्यालयहरुको निरिक्षण अनुगमन तथा केही विद्यालयको भवन शिलन्यासका लागि आइतबार विहान मन्त्री झापा आएका हुन्। 

मन्त्री आएकै समयमा राजमार्ग अवरुद्ध हुनेगरी उक्त वस्तु बम भन्दै राख्नु र पर्चामा निःशुल्क शिक्षाको व्यवस्था पनि उल्लेख गर्नुलाई मोर्चाको मुद्धालाई केन्द्रीय विषय बनाउन खोजेको हुनसक्ने प्रहरीको आशंका छ। 

विमल गुरुङ अध्यक्ष रहेको गोर्खा जनमुक्ति मोर्चाले भारतको दार्जिलिङमा गोर्खाल्याण्डको माग गर्दै आन्दोलन र कार्यक्रम गर्दै आए पनि नेपालमा गोर्खा जनमुक्ति मोर्चाको बिचमा नेपाल लेखेर गोर्खा नेपाल जनमुक्ति मोर्चाले झापामा पहिलोपटक बम र पर्चा फालेको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.