शिक्षककै नक्कली प्रमाणपत्र
काठमाडौं : कोटहीमाई प्रावि कपिलवस्तुकी शिक्षिका नन्दनी श्रीवास्तवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ।
श्रीवास्तवले प्रावि शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेको हो।
उनले पिसिएफ कोटाबाट प्रावि शिक्षक पदमा नियुक्त हुँदा नक्कली प्रमाणपत्र पेश गरेको खुलेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ।