उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष पाँच लाख घुससहित पक्राउ
काठमाडौं : सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम कामी र कोषाध्यक्ष दिपक खुना ५ लाख घुससहित पक्राउ परेका छन्। बाँकेको राप्तिसोनारी गाउँपालिका लामिडाँडा सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष वनको काठ लिलामीमा घुस लिएको आरोपमा पक्राउ परेका हुन्।
काठ लिलामीमा कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजिकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिदै गर्दा अखितयार अनुसन्धान आयोगको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।
उनीहरुलाई बैरीया कुसुमबाट घुससहित नियन्त्रणमा लिइएको हो। उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।