मिस नेपालका उपाधि विजेताका योजना

मिस नेपालका उपाधि विजेताका योजना

काठमाडौं : यस वर्ष पाँच युवतीले विभिन्न टाइटलमा मिस नेपालको उपाधि जितेका छन्। मिस नेपालको टाइटल एउटा खुड्किलो भए पनि यी युवतीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा भाग लिन बाँकी नै छ। त्यसैले शिरमा ताज पहिरिएसँगै पाँचै विजेता अन्तर्राष्ट्रिय उपाधिको काउन्ट डाउन सुरु भएको छ।

मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ

२४ प्रतिस्पर्धीलाई उछिन्दै सन् २०१९ को मिस नेपालको टाइटल अनुष्काको पोल्टामा गयो। उनलाई मिस नेपाल वल्र्ड २०१८ की विजेता शृंखला खतिवडाले ताज पहिर्‍याएकी थिइन्। अनुष्काले मिस इन्टेलेक्चुअलको उपाधि पनि जितिन्। कुनै पनि प्रश्नको सहज र स्पष्ट जवाफ दिन उनी माहिर छिन्।

आफ्नो वाकपटुताले नै उनले मिस नेपालको ताज हात पारेकी हुन्। अनुष्काका अनुसार मिस नेपालको ताज दुई कारणले महत्वपूर्ण छ। एउटा अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा प्रतिनिधित्व गर्नु र अर्को रोल मोडलका रूपमा आफूलाई उभ्याउनु।

अनुष्काले अब मिस वल्र्डमा भाग लिने छिन्। उनी मिस नेपालले ब्युटी विथ परपसको टाइटलाई मात्र अगाडि सार्न नहुने बताउँछिन्। नारीवादी सोच अपनाउने अनुष्का महिलालाई लैंगिकताका आधारता असमान व्यवहार गर्न नहुने विचार राख्छिन्। प्रतियोगितामा भाग लिन अस्ट्रेलियाको कमनवेल्थ बैंक अफ अस्ट्रेलियाको आकर्षक जागिर छाडेर आएकी अनुष्काले वाणिज्यशास्त्रमा स्नातक गरेकी छन्।

मिस नेपाल युनिभर्स प्रदीप्ता अधिकारी

प्रदीप्ता २५ वर्षदेखि मिस युनिभर्सको ताज नेपाल भित्र्याउने सम्पूर्ण नेपालीको सपना पूरा गर्न चाहेको बताउँछिन्। मिस युनिभर्सको ताज पहिरिएसँगै नेपाल र नेपालीको सेवा गर्ने उद्देश्य उनले लिएकी छन्। चिकित्साशास्त्रकी विद्यार्थी प्रदीप्ताले मिस ट्यालेन्ट र मिस एथेलिकको उपाधि पनि जितेकी थिइन्।

मिस नेपाल अर्थ रिया बस्नेत

काठमाडौंको प्रतिनिधित्व गर्दै मिस नेपालमा भाग लिएकी रिया मिस अर्थको टाइटल नेपाल भिœयाउन चाहन्छिन्। मीठो मुस्कानकी धनी उनले आगामी दिनमा सबैको साथ र सहयोग रहने अपेक्षा गरेकी छन्। जलवायु परिवर्तनले पृथ्वीबाट लोप हुन लागेका जीवजन्तुको संरक्षण गर्ने उनको योजना छ।

मिस नेपाल इन्टरनेसनल मीरा कक्षपति

मिस नेपालको ताज जित्ने मीराको ठूलो सपना थियो। मिस इन्टरन्यासनलको उपाधि जितेसँगै त्यो पूरा भएको छ। सरल स्वभावकी मीरा मिस नेपाल प्रतियोगिताको जित र हार दुवै जे भए पनि स्वीकार्न तयार थिइन्। नमिल्ने उत्तर दिनुभन्दा माफी मागेर पछि हट्नु नै राम्रो उनको भनाइ थियो। तर प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनले उपाधि जितिन्। उनले बेस्ट मिस हेयरको उपाधि पनि जितेकी थिइन्।

मिस नेपाल सुपर न्यासनल रोज लामा

सुपर न्यासनलको उपाधि मिस नेपाल प्रतियोगितामा पहिलो पटक जोडिएको हो। विश्वमा १० वर्षअगाडि सुरु भएको यो टाइटल नेपाल भित्रिएसँगै रोज लामाले जितेकी छन्। काठमाडौंको प्रतिनिधित्व गर्दै मिस नेपाल प्रतियोगितामा भाग लिएकी रोज सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने बताउँछिन्। उनले मिस ग्ल्यामर र मिस फोटोजेनिकको उपाधिसमेत हात पारिन्।

हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति यस वर्ष पाँचै विजेतालाई उति नै महŒवका साथ अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउने तयारीमा छन्। अहिलेसम्मका मिस नेपाल आफ्नोतर्फबाट सक्षम भए पनि अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा भाग लिन भने स्रोतसाधनको कमी रहेको उनी बताउँछन्। ब्युटी पेजेन्टलाई नेपाल सरकारले सहयोग नगरेका कारण पनि धेरै अप्ठ्यारो परेको उनको भनाइ छ।

मिस नेपाललाई सुन्दरताको बाकसमा मात्र राखेर हेरिए पनि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने राम्रो प्ल्याटफर्म भएको अध्यक्ष कक्षपति बताउँछन्। उनका अनुसार विजेताहरू केही दिन आराम गरेर अन्तर्राष्ट्रिय उपाधिका लागि तयारीमा जुट्ने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.