लागुऔषधसहित सिरहामा एकैदिन ६ पक्राउ

लागुऔषधसहित सिरहामा एकैदिन ६ पक्राउ

सिरहा : पछिल्लो समय सिरहामा प्रहरीले सक्रियता बढाएपछि दिनहुँ लागुऔषध कारोबारी र सेवनकर्ता पक्राउ पर्न थालेका छन्। प्रहरीले आइतबार एकैदिनमा तीन स्थानबाट ६ जनालाई पक्राउ गरेका छन्। यी ६ जनाको साथबाट बरामद भएको लागुऔषध परिमाणले उनीहरु सेवनकर्ता हुनसक्ने प्रहरीको भनाई छ।

प्रहरी चौकी खिरौनाले सिरहा नगरपालिका- १४ स्थित पेट्रोल पम्प नजिकैबाट सोही नगरपालिका- ७ का अनिल मण्डल, प्रविणकुमार यादव, वडा नम्बर ८ का सरोज कुशवाहा र कल्याणपुर नगरपालिका १२ मुस्तफा हुसैनलाई नाइट्रोभेट ३० ट्याब्लेटसहित पक्राउ गरेका छन्। 

यसैगरी, इलाका प्रहरी कार्यालय महेशपुरले लक्ष्मीपुर पतारी गाउँपालिका- ३ बाट लागुऔषधसहित लहान नगरपालिका १३ का प्रवेशकुमार सिंह दनुवारलाई नाइट्रोभेट २१ ट्याब्लेट, फेन्सिडिल २ बोतल, रेकसकफ डिएस १ बोतलसहित पक्राउ गरेका छन्। 

त्यस्तै, प्रहरी चौकी ठाडीले सीमावर्ती भगवानपुर गाउँपालिका ३ मरिकटोलबाट २२ वर्षीय नागेन्द्र चौधरीलाई नाइट्रोभेट १५ ट्याब्लेटसहित पक्राउ गरेको छ। चौधरी सवार स९प ४१०४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनी पक्राउ परेका छन्।

दुईदिन अगाडी पनि प्रहरीले छुटाछुट्टै स्थानबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको थियो। लहान नगरपालिका १९ स्थित कटहा चौकबाट स५प२३२४ नम्बरको मोटरसाइकलमा सवार सोही वडाका मोटरसाइकल चालक १९ वर्षीय दिपक सहनी र सप्तरीको सुरुङ्गा नगरपालिका ५ का ३१ वर्षीय पशुपति शर्मालाई फेनारगन २५० एम्पुल, डाइजेल्याब २५० एम्पुल र नुर्फिन २५० एम्पुलसहित प्रहरीले पक्राउ गरेका थिए। 

यसैगरी प्रहरी चौकी ठाडीले सीमावर्ती भगवानपुर गाउँपालिका ४ स्थित ठाडी बसपार्कमा स२प ५१६७ नम्बर मोटरसाइकलमा सवार उदयपुरको त्रियुगा नपा २ का १९ वर्षीय आशिष चौधरी र सोही नपा वडा ९ का २२ वर्षीय नन्दकिशोर चौधरीलाई ८ पिस नाइट्रोसन ट्याब्लेटसहित पक्राउ गरेका थिए। 

पक्राउ परेका सबैजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान बढाइएको सिरहा प्रहरी प्रवक्ता तथा डिएसपी माधवराज खरेलले जानकारी गराए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.