हुरीले भत्काएको घरले किचेर एकको मृत्यु

हुरीले भत्काएको घरले किचेर एकको मृत्यु

विराटनगर : अचानक आएको हावाहुरीले भत्काएको घरले किचेर मोरङको कटहरी गाउँपालिकामा एकजनाको मृत्यु भएको छ। कटहरी-१ का ५२ वर्षीय चन्द्र दासको आफ्नै घरले किचेर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।

उनका अनुसार टिनको छानो भएको र टाटीले बारेको पुरानो कच्ची घरमा आइतबार राति दास एक्लै बसेका थिए। राति ११ बजेतिर आएको हावाहुरीले घर भत्काएको र त्यसैले किचेर उनको मृत्यु भएको केसीको भनाइ छ।

प्रहरीका अनुसार परिवारका अन्य सदस्य त्यहीं रहेको अर्को घरमा बसेका थिए। परिवारका सदस्यले भत्किएको घरले किचिरहेको अवस्थामा सोमबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखिएको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको एसपी केसीले बताए। हुरीले भत्काएपछि घरमा पूर्ण रुपमा क्षति पुगेको । टाटीले बारेको घर मक्किएको अवस्थामा रहेको र हुरीले भत्काइदिएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.