हराएको ४ दिनपछि जंगलमा शव भेटियो

हराएको ४ दिनपछि जंगलमा शव भेटियो

विराटनगर : चार दिनदेखि हराइरहेका मोरङको पथरीशनिश्चरे नगरपालिका-१० का ४५ वर्षीय कमलबहादुर धिमालको शव घरबाट केही पर रहेको जंगलमा सोमबार दिउँसो फेला परेको छ। 

पूर्वपश्चिम राजमार्गबाट १ किलोमिटर उत्तरमा रहेको पशुपति सामुदायिक वनभित्र शव फेला परेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए। गत बिहीबार साँझ खाना खाएर सुत्न जान्छु भन्दै घरको कोठामा छिरेका उनी भोलीपल्ट बिहान घरमा नभेटिएपछि प्रहरीलाई खबर गरेर परिवारका सदस्यले खोजी थालेका थिए। तर उनलाई हराएको चार दिनपछि मृत फेला पारिएको हो। 

एसपी केसीका अनुसार जंगलमा च्याउ खोज्न गएकाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घाँटीमा डोरी बाँधिएको र सडेर दुर्गन्धित भएको अवस्थामा धिमालको शव फेला परेपछि अनुसन्धान थालिएको जानकारी उनले दिए। प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा लगिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.