करेन्ट लागेर मृत्यु
फिदिम : पाँचथरको काबेली खोलामा निर्माणधिन काबेली बी वान जलविद्युत आयोजनामा कार्यरत एकजना मेकानिकको करेन्ट लागेर मृत्यु भएको छ। पाल्पा घर भएका सञ्जय श्रेष्ठको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल कुमार पौडेलले जानकारी दिए।
११ हजार भेल्टेज करेन्ट प्रवाह भइरहेको तारमा हुक गर्ने क्रममा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको जलविद्युत आयोजनाका कर्मचारी डिल्लीराम सुबेदीले जानकारी दिए।श्रेष्ठको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको छ।
प्रतिक्रिया दिनुहोस !
१