बुद्धजयन्तीमा नेपालमय बन्यो लन्डन

बुद्धजयन्तीमा नेपालमय बन्यो लन्डन

लन्डन : लन्डनको ट्राफल्गर स्क्वायर आइतबार नेपालमय बन्यो। दिनहुँ दसौं हजार देशीविदेशी पर्यटक आवतजावत रहने यो ऐतिहासिक केन्द्र नेपाली राष्ट्रिय झन्डा, ध्वजापताका र नेपालको पर्यटन प्रवद्र्धनात्मक विभिन्न पोस्टर तथा तस्बिरले रंगिएको थियो। सयौं बेलायती तथा विदेशी पर्यटकसमेतको ध्यान आकृष्ट गर्ने गरी ‘ओम् माने पद्मे हुँ’ देखि नेपालको राष्ट्रियगान र सारंगीको धुनसम्म गुञ्जिए।

मौलिक नेपाली पोसाकमा सजिएका कलाकारका आकर्षक नृत्य हेर्न र तस्किर लिन कैयन् विदेशी पनि झुम्मिए। बुद्धजयन्तीका अवसरमा बुद्ध फाउन्डेसन यूकेको विशेष अगुवाइमा विगत केही वर्षदेखि ट्राफल्गर स्क्वायरमा कार्यक्रम हुँदै आएको छ। कपिलवस्तु समाज यूके, लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघलगायतको सहकार्य रहेको कार्यक्रममा बेलायतस्थित धेरै नेपाली संघसंस्थाको ऐक्यबद्धता र सहभागिता थियो।

६ सय जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रममा लन्डनसहित आसपास र लन्डनबाहिरका कतिपय क्षेत्रबाट घन्टौंको यात्रा गरेर आउनेसमेत थिए। बेलायती र गैरनेपालीको सहभागिता भने न्यून देखिन्थ्यो।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा हृदयरत्न बज्राचार्यले गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीका विषयमा विशेष जानकारीमूलक प्रस्तुति गरेका थिए। दक्षिण एसियाली मुलुकको पुरातत्वसम्बन्धी विषयमा खोजअनुसन्धान गरेका बेलायतस्थित डुरह्याम युनिभर्सिटीका प्राध्यापक रोबिन कनिंगहमले प्रवचन दिएका थिए।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न राजदूत दुर्गाबहादुर सुवेदीले निम्तो गरे। बेलायती सांसद वीरेन्द्र शर्मा र लन्डनको रोयल बरो अफ केन्सिंगटन एन्ड चेल्सीकी मेयर टेरेसी रोस्सीले शुभकामना मन्तव्य दिएका थिए। बेलायतका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने काउन्सिलर अतिथिका रुपमा सहभागी थिए।

कार्यक्रमस्थलमा भिजिट नेपाल २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले पर्चा वितरण गरिएको थियो। कार्यक्रममा विनोद चिपालु, सुशील प्रजापति र टिसा प्रजापतिलगायत कलाकारले भैरव, कुमारी र लाखेको फ्युजनमा एक विशेष प्रस्तुति देखाए। लोकप्रिय गायिका शर्मिला बर्देवाले जहाँ छन् बुद्धका आँखा बोलको गीत गाइन् भने सयपत्री कल्चरल समुह यूकेले सारंगीवादन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.