करोडपति जैनलाई सम्मान

करोडपति जैनलाई सम्मान

काठमाडौं : 'को बन्छ करोडपति?' कार्यक्रममा पहिलो पटक एक करोड विजेता राजिव जैनलाई अन्नपूर्ण मिडिया नेटवर्कले सम्मान गरेको छ। एपीवान टेलिभिजनद्वारा सञ्चालित 'हु वान्ट टु बि अ मिलिनियर?' को नेपाली संस्करण 'को बन्छ करोडपति?' विजेतालाई मंगलबार तीनकुनेस्थित नेटवर्कको कार्यालयमा सम्मान गरिएको हो।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रबन्ध निर्देशक लक्ष्मी पौडेल, अन्नपूर्ण पोस्टका प्रधानसम्पादक हरिबहादुर थापालगायतले करोडपति विजेता जैनलाई खादा र बुकीले सम्मान गरे।

सामान्य परिवारबाट आएको आफू जस्तो सामान्य मान्छेले हटसिटसम्म आइपुग्नु र एक करोड जित्नु बौद्धिक मात्र नभएर भाग्यको कुरा समेत भएको विजेता जैनले बताए। 'हटसिट किन भनिन्छ भन्ने कुरा त्यहाँ भएपछि मात्र थाहा पाएँ' विजेता जैनले भने,'त्यहाँ बस्दा जानेकै कुराको उत्तर दिन पनि असहज हुँदो हरेछ।'

जितेको एक करोडबाट आफूले पहिला नेपाल अनि मात्र विश्व भ्रमण गर्ने योजना बनाएको समेत जैनले बताए।

एक करोड रुपैयाँ मात्र नजितेर जैनले बौद्धिक करोडपतिको उपाधि समेत जितेको नेटवर्कका अध्यक्ष क्याप्टेन थापाले बताए। कार्यक्रममार्फत् एक करोड जित्नु राष्ट्रिय एकताको संकेत पनि भएको उनले बताए। 'देश विदेशमा रहेका नेपालीले यस कार्यक्रमलाई माया गरेका छन्' क्याप्टेन थापाले भने,'त्यसैले यसलाई सबै नेपालीको हातेमालो भन्न सकिन्छ।' अन्नपूर्ण नेटवर्कका तर्फबाट उनले जैनलाई शुभकामना समेत दिए।

'हु वान्ट टु बि अ मिलिनियर?' लाई नेपाली संस्करणमा प्रशारित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका नेटवर्कका प्रबन्ध निर्देशक लक्ष्मी पौडेलले जैनले एक करोड जितेपछि आफूहरू सफल भएको बताए। 'सुरुमा नेपालमा यस्तो खाले कार्यक्रम सफल हुन्छ कि हुँदैन भन्नेमा अन्योल थियो' पौडेलले भने,'अहिले कसैले एक करोड जित्दा हामी सफल भएछौं भन्ने लागेको छ।'

जैन जस्तो बौद्धिक मान्छेलाई कार्यक्रममा ल्याउन पाउँदा र उनको लजिकसहिको उत्तर सुन्दा आफूहरूले यो कार्यक्रम नेपालमा ल्याएर सही काम गरेका रहेछौं भन्ने लागेको नेटवर्कका प्रबन्धक निर्देशक पौडेलले बताए।          


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.