धरानका सडकमा यात्रुलाई ज्यान जोगाउनै सकस

धरानका सडकमा यात्रुलाई ज्यान जोगाउनै सकस

धरान : धरानका सडकमा जताततै खाल्डाखुल्डी छन्। राजमार्ग समेत जीर्ण भएपछि सवारी साधन संचालनमा झनै समस्या छ । जीर्ण सडकमा जथाभावी गुड्ने टेम्पो र सिटी सफारीका कारण यात्रुलाई ज्यान जोगानै मुस्किल छ, धरानमा। 

पछिल्लो समयमा विद्युतीय सिटी सफारी र टेम्पोको संख्या ह्वात्तै बढेपछि धरानका प्रत्येक चोक र सडक असुरक्षित छन्। जीर्ण सडकमा गुड्ने टेम्पो र सिटी सफारीका चालकको चालक अनुमति पत्र समेत छैन्। नत तालिम प्राप्त नै छन् उनीहरु ।

ट्राफिक प्रहरीले कारबाही गरे सबै टेम्पो र सिटी सफारी सडकमा तेर्साएर आन्दोलन हुन्छ, यहाँ। पछिल्लो समयमा धरानमा भित्रिएका करिब चार हजारभन्दा बढी टेम्पो र सिटी सफारीको अस्वस्त प्रतिष्पर्धाका कारण दैनिक सवारी दुर्घटना बढ्नुका साथै सडकमा असुरक्षा बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख होमराज दाहालले बताए।

उनले अधिकांश सीटी र टेम्पो चालकको सवारी चालक अनुमति पत्र नभएको र तालिम प्राप्त चालक नभएका कारण सडक दुर्घटनाको जोखिम बढेको बताए। उनले टेम्पो र सिटी सफारीको चापलाई स्थानीय सरकारले तत्काल व्यवस्थापन नगरे भयावहकस्थिति सिर्जना हुने ट्राफिक प्रमुख दाहालको भनाई छ। 

उपमहानगरमा दर्ता नगरी आफू खुसी भित्र्याइका सवारी साधनको चापले धरान अस्तव्यस्ता भएको भन्दै तत्काल यसको व्यवस्थापन गर्न स्थानीयको माग छ। धरानमा टेम्पो र सिटी सफारीका कारण सडक जाम हुने गरेका कारण सडकमा असुरक्षा बढेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक अशोक ऐरले बताए। उनले ट्राफिक नियमको ज्ञान र नियम नबुझेका चालकका कारण सडकमा सवारी चलाउने अन्य चालकलाई समेत गम्भीर असर पुगेको बताए। 

सिटी र टेम्पो चालकले जथाभावी बाटो काट्ने, तीज्र गतिमा ओभरटेक गर्ने र जथाभावी सवारी पार्किङ्ग गर्ने गरेका कारण धरानका सडक जाम हुने गरेको स्थानीयको गुनासो छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका सचिब तथा टेम्पो चालक विकेश श्रेष्ठले धरानमा टेम्पो र सवारीको संख्या दिनप्रतिदिन बढ्न थालेपछि धरान उपमहानगरपालिकामा निवेदन दिएर यसको नियन्त्रण गर्न अनुरोध गर्दा समेत वास्था नगरिएको बताए। 

उनले धरानमा क्षमताभन्दा बढी सवारी साधन भित्रिएको भन्दै यसको समयमा नै व्यवस्थापन गर्न उपमहानगरपालिकालाई सुझाव दिएका छन्। धरानकी कार्यबाहक मेयर नरेश इवारमले धरानमा टेम्पोर सिटी सफरीको संख्या अत्याधिक बढेकाले बताउँदै नियन्त्रणका लागि पहल थालेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.