एपीएफ भीमनारायण गोल्डकपको सेमिफाइनलमा

एपीएफ भीमनारायण गोल्डकपको सेमिफाइनलमा

धनकुटा : फ्रेन्डस क्लबमाथि सहज जित हात पार्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लब धनकुटामा जारी १४औं सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धनकुटास्थित तल्लो टुँडिखेलमा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्सलाई ३—० गोलले पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो।

एपीएफको जीतमा रवि थिङले दुई र कुमार दोङले एक गोलको योगदान गरे। मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ। फाइनल प्रवेशका लागि एपीएफले आगामी जेठ २ गते झापाको बिर्तामोड युनाइटेड क्लबसँग सेमिफाइनल खेल्नेछ। निकै प्रतिस्पर्धात्मक खेलको ४५औं मिनेटमा रवि थिङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। डीबक्सको बायाँ भागबाट महेश लामाले दिएको सुन्दर पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन्।

यसैगरी ५१औं मिनेटमा थिङले नै व्यक्तिगत रूपमा दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। वान भर्सेस वानमा विपक्षी गोलरक्षक सरोज योञ्जनलाई छक्याउँदै उनले सहज गोल गरेका थिए। निर्धारित समयको ७५औं मिनेटमा एपीएफका लागि कुमार दोङले तेस्रो गोल गरे। विपक्षी रक्षकले फुत्काएको बलमा उनले चलाखीपूर्ण ढंगले गोल गरेका हुन्।

खेलअवधिभर फ्रेन्ड्सका खेलाडीले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। अग्रपंक्ति सम्हालेका मिलन राई, विकास लामा (ए) र फोफानाले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा पराजय व्यहोर्नु पर्‍यो। उक्त खेलमा रवि थिङ म्यान अफ दी म्याच घोषित भए। उनलाई पूर्वअर्थमन्त्री रामशरण महतले पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरे।

एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले आफ्ना खेलाडीले सोचेअनुसार प्रदर्शन गरेका कारण जित सम्भव भएको बताए। फ्रेन्डसका टिम म्यानेजर अनुप कार्कीले स्ट्राइकिङ र मिडफिल्डर नचल्दा पराजय भोग्नु परेको प्रतिक्रिया दिए। बुधबारदेखि सेमिफाइनलको खेल सञ्चालन हुँदैछ। सेमिफाइनलको पहिलो खेलमा क्यामरुनको दाउफिन्स फुटबल क्लब र मोरङको विन्ध्यवासिनी क्लबबीच भिडन्त हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.