७८ लाख घुस प्रकरणका अभियुक्त पाठक अदालतमा हाजिर
काठमाडाैं : ७८ लाख भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक आज बुधबार विशेष अदालतमा हाजिर भएका छन् ।
अदालतका अध्यक्ष बाबुराम रेग्मी सहितको इजलासले उनको बयान लिएको छ । अख्तियारमा परेको मुद्दाको अनुसन्धान प्रभावित पार्न ७८ लाख रकम घुस लिएको भन्दै पाठकविरुद्ध गत वर्ष चैतमा मुद्दा दायर भएको थियो ।