बाराका प्रमुख मालपोत अधिकृतसहित ६ विरुद्ध मुद्दा, २ करोड ५० लाख बिगो

बाराका प्रमुख मालपोत अधिकृतसहित ६ विरुद्ध मुद्दा, २ करोड ५० लाख बिगो

काठमाडौं : भूमिसुधार तथा मालपोत कार्यालय कलैया बाराका प्रमुख मालपोत अधिकृत तत्कालीन कार्यालय प्रमुख (मालपोत अधिकृत) राजराजेश्वर त्रिवेदीसहित ६ जनाविरुद्ध २ करोड ५० लाख बिगो माग दाबीसहित मुद्दा दायर गरिएको छ।

प्रमुख मालपोत अधिकृत त्रिवेदीसहित रजिस्ट्रेसन फाँट नम्बर ३ का फाँटवाला मदनप्रसाद गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेका हो।

फाटवाला गुप्ताले २०७४ कात्तिक २० देखि २०७५ साउन २८ सम्ममा सक्कली नगदी रसिद प्रयोग गरी ३ करोड ३८ लाख र नक्कली रसिद प्रयोग गरी १ करोड ३५  लाख गरी ४ करोड ७३ लाख संकलन गरेको देखिएकोमा संकलित राजश्व रकममध्ये २ करोड ५०  लाख ८६  हजार खाई मासेको तथा हिनामिना गरेको देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

उनले आफू कार्यरत रहेको अवधिमा बुझिलिएको राजश्व रसिद, पारित गरेका सक्कलै लिखत र सोसँग सम्बन्धित अन्य कागज प्रमाण, लिखत दर्ता किताब, राजश्व रसिदको कार्यालयप्रति समेतका महत्वपूर्ण कागजात सम्बन्धित कार्यालयमा नबुझाएको नदेखिएको छ।

उक्त कार्यालयमा एउटा फाँटसँग सम्बन्धित कुनै पनि सक्कल कागजात, बैंक भौचर समेत नरहेको अवस्थामा नै अन्तरिक तथा अन्तिम लेखापरीक्षण समेत भएको देखिएको छ।

सरकारी कार्यालयबाट संकलन भएको राजश्व कानुन बमोजिम सम्भव भएसम्म सोही दिन नभए त्यसको भोलिपल्ट सम्बन्धित राजश्व खातामा जम्मा गरी राजश्व जम्मा गरेको भौचर समेत नत्थी गरी तोकिएको ढाँचामा आर्थिक विवरण तयार गरी कार्यालय प्रमुखले प्रमाणित गरी अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था छ। तर प्रचलित कानुन बमोजिम तोकिएको समयभित्रमा सम्बन्धित राजश्व खातामा दाखिला नगरी खाइमास्ने कार्य गर्दा पनि कुनै ध्यान नदिएको भन्दै प्रमुख मालपोत अधिकृत त्रिवेदीलाई प्रतिवादी बनाइएको छ।

प्रमुख त्रिवेदी, फाँटवाला गुप्ता र लेखापाल युगल किशोर ठाकुरले भ्रष्टाचार निवारण ऐन बमोजिम कारवाहीको मागदाबी गरिएको छ। उनीहरूविरुद्ध १० वर्षसम्मको कैद र चुहावट भएको राजस्वको दोब्बर जरिवानाको सजायको माग दाबी गरिएका छ।

लेखापरीक्षक विरुद्धपनि मुद्दा

मालपोत कार्यालय, कलैयाको आन्तरिक लेखा परीक्षण तथा अन्तिम लेखा परीक्षण गर्नेविरुद्ध पनि मुद्दा दायर गरिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय, बाराका लेखापालद्वय प्रवीण गौतम र कमल खतिवडा र महालेखा परीक्षकको कार्यालय, बबरमहल काठमाडौंका निर्देशक अजयकुमार सापकोटाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।

लेखा परीक्षण गर्दा सक्कल कागजातबिना नै करोडौ रुपैयाँ राजस्व हिनामिना भएको, नक्कली राजश्व रसिदको प्रयोग गरिएको तथा कार्यालयका सक्कल कागजात लुकाएको तथ्यलाई अन्देखा गरी भएगरेका तथ्य लोप गरी लेखा परीक्षणका आधारभूत सिद्धान्त विपरीत बदनियतपूर्वक लेखा परीक्षण प्रतिवेदन तयार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

तीनै जना लेखापरीक्षकविरद्ध तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ।

सुब्बासहित ५ विरुद्ध अर्को मुद्दा

अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय, कलैया बाराका आर्थिक वर्ष २०७४/०७५ मा रजिस्ट्रेसन फाँट नं. ३ मा कार्यरत फाँटवाला (नायब सुब्बा) मदनप्रसाद गुप्तासहित ५ जनाविरुद्ध अर्को मुद्दा दायर गरेको छ।

कागजात लुकाउन गुप्तालाई सहयोग गर्ने निजी ड्राइभर सुनीलकुमार पटेल,   बरबुझारथ नगरी बदनियतपूर्वक आफ्नो फाँटमा भएका अनियमितता लुकाउने मनसायले आफूसँगै लाने र नष्ट गर्ने मनसाय राखी अनाधिकृतरुपमा लुकाउने कार्य गरेको देखिएकोले मालपोत कार्यालय, कलैयाका लेखापाल युगल किशोर ठाकुर, मालपोत कार्यालय, सिमराका नायव सुव्बा शत्रुधन राउत र भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका कार्यालय सहयोगी निरजकुमार गुप्ताविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

निजी ड्राइभर सुनीलकुमार पटेलको घरमा कागजात लुकाएको अवस्थामा अख्तियारले बरामत गरेको थियो।

गुप्ताले आफू मालपोत कार्यालय, बारामा कार्यरत रहेको अवधिमा बुझिलिएका राजश्व रसिद, निजले पारित गरेका सक्कलै लिखत र सोसँग सम्बन्धित अन्य कागज प्रमाण, लिखत दर्ता किताब, समेतका महत्वपूर्ण कागजातहरू आफू समेतको मिलेमतो र प्रत्यक्ष संलग्नतामा सरुवा भएर अन्यत्र कार्यालमा जाँदा समेत कानून बमोजिम बरबुझारथ नगरी बदनियतपूर्वक आफ्नो फाँटमा भएका अनियमितता लुकाउने मनसायले आफूसँगै लाने र नष्ट गर्ने मनसाय राखी अनाधिकृतरुपमा लुकाउने कार्य गरेमा , लेखापाल युगल किशोर ठाकुर, मालपोत कार्यालय, सिमराका नायव सुब्बा शत्रुधन राउत र भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका कार्यालय सहयोगी निरजकुमार गुप्ताले मदनप्रसाद गुप्तालाई सहयोग गरेका थिए।

गुप्ता,  ठाकुर, राउत र गुप्तालाई ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिबानाको माग दाबी गरेको छ। डाइभर पटेललाई मतियारको सजाय मागिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.