कर्मचारी सरुवाका कारण उद्योग मन्त्रालयमा तनाव, झण्डै हात हालाहाल

कर्मचारी सरुवाका कारण उद्योग मन्त्रालयमा तनाव, झण्डै हात हालाहाल

काठमाडौं : कर्मचारी सरुवाका कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार तनाव उत्पन्न भएको छ ।

मन्त्री मात्रिका यादवको निजी सचिवालयमा सरुवामा असन्तुष्टबीच तनावको स्थिति सृजना भएको हो ।

मन्त्रालय स्रोतका अनुसार असन्तुष्ट पक्षबीच झण्डै हात हालहालको अवस्था सिर्जना भएको थियो । मन्त्रालय स्रोतका अनुसार कांग्रेसनिकट कर्मचारीले निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए ।

कांग्रेसनिकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको बताइएको छ । उनीहरूले कांग्रेसनिकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपानिकट विनोद खड्कालाई पठाइएको भन्दै असन्तुष्टि जनाएका थिए ।

त्यस विषयमा मन्त्री यादवले आफ्नो ध्यानाकर्षण भएको र गल्ती भए सच्याउने बताएपछि वातावारण शान्त बनेको थियो । उनले गल्ती गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

मन्त्री सचिवालयका सन्तोष विष्टले मन्त्रालयमा कर्मचारीले राजनीति गर्न नहुने बताए । ‘मन्त्रालयमा राजनीति गर्न पाइँदैन,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.