सुदूरपश्चिममा मानवसेवा आश्रम

सुदूरपश्चिममा मानवसेवा आश्रम

काठमाडौं : मानवसेवा आश्रमको सुदूरपश्चिम प्रदेश शाखा सञ्चालनमा आएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उक्त शाखाको मंगलबार धनगढीस्थित तारानगरमा भवन उद्घाटन गरेका हुन् ।

मन्त्री सुवेदीले प्रदेश सरकारले घरबारविहीन, बेसहारा तथा असहाय नागरिकको जीवन रक्षाका लागि अभिभावकत्व लिन तयार रहेको बताए । उनले प्रदेशभर रहेका सहयोगापेक्षी मानवको व्यवस्थापनमा मानवसेवा आश्रम र आश्रमजस्तै प्रकृतिका अन्य संघसंस्थासँग सहकार्य गरी अघि बढ्नु पर्नेमा जोड दिए ।

मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई नै घरबारविहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मानवरहित नेपाल निर्माण गर्ने प्रतिवद्धता जनाएर केही वर्षदेखि काम गरिरहेको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीको भनाइ छ ।

हालसम्म १८ सयभन्दा बढी घरबारविहीन, बेसहारा तथा परित्यक्त नागरिकलाई उक्त आश्रमले सेवा गरिसकेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.