‘प्रचण्ड हिँड्ने बाटो बन्ने, हाम्रो नबन्ने?’

‘प्रचण्ड हिँड्ने बाटो बन्ने, हाम्रो नबन्ने?’

ललितपुर : सातदोबाटो-चापागाउँ सडकखण्ड तत्काल नबनेपछि स्थानीयले आन्दोलनलाई बिहीबार पनि निरन्तता दिएका छन्। शुक्रबारदेखि सुनाकोठी, ठेचो, चापागाउँका स्थानीय आन्दोलित भएका हुन्।

 
सुनाकोठीका स्थानीयसमेत रहेका उपत्यका सडकपीडित संघका केन्द्रीय उपाध्यक्ष अशोक महर्जनले सडक पीडितका माग पूरा नभएसम्म सडक अवरुद्ध हुने बताए। 

ठेकेदारलाई काम गर्न नलगाएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ। ‘१५ करोड रुपैयाँ ठेकेदारले झ्वाम पारिसकेको छ’, महर्जनले प्रश्न गरे, ‘प्रशासनले किन कारबाही गर्न सक्दैन?’ 

स्थानीय आन्दोलित भएपछि सडक खुलाउन गत मंगलबार चाकुपाटस्थित सडक विभागको कार्यलयमा सरोकारवालाको बैठक बसेको थियो। 

बैठकमा ललितपुरका प्रतिनिधिसभा सदस्य पम्फा भुषाल, नवराज सिलवाल, पूर्वमन्त्री उदय शमशेर राणा, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायतले सडक विभागका महानिर्देशकसँग गरेको छलफल सकारात्मक भएको थियो।

सडकको अवलोकन गर्न पुगेका जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख प्रेमराज जोशीले स्थानीयलाई बन्द खुलाउन आग्रह गरेका थिए। तर, उनको आग्रहलाई स्थानीयले स्वीकार गरेनन्। 

सुनाकोठीका सुमन डंगोलले वर्षौसम्म सडक नबनेपछि स्थानीय आक्रोशित भएर आन्दोलनमा आएको बताए। जनताले बर्षौसम्म पीडा भोग्दा पनि सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ।

‘प्रचण्ड हिँड्ने बाटो बन्ने, हाम्रो चाहिँ नबन्ने?’, उनले आक्रोशित हुँदै प्रश्न गरे।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.