चीनमा विकिपिडियाका सबै भाषाका संस्करण बन्द

चीनमा विकिपिडियाका सबै भाषाका संस्करण बन्द

काठमाडौं : चीनमा विकिपिडियाका सबै संस्करण बन्द भएका छन्। विश्व शब्दकोष विकिपिडियाको सञ्चालक विकिमिडिया फाउन्डेसनले चीनले सबै भाषाका विविपिडिया साइटहरू खोल्न नमिल्ने बनाएको पुष्टि गरेको छ।

चीनमा बन्द गरिएका हजारौँ वेबसाइटको सूचिमा विकिपिडिया पनि परेको इन्टरनेट सेन्सरसिपका अनुसन्धाताहरूले जनाएको बीबीसीले लेखेको छ। चीनले चिनियाँ भाषाको विकिपिडिया यसअघि नै बन्द गरेको थियो। उक्त प्रतबन्ध बढाएर सरकारले अरु भाषाका साइटहरू पनि बन्द गरिदिएको समाचारमा उल्लेख छ।

विकिपिडिया साइटहरू खोल्न नमिल्ने बनाइएकोबारे आफूलाई कुनै सूचना नदिइएको विकिमिडियाले जनाएको छ। 'गत अप्रिलमै हामीले चीनमा विकिपिडिया खोल्न नमिल्ने बनाएको निश्चित भएको थियो। इन्टरनेट ट्राफिक रिपोर्टको मिहिन अनुसन्धानपछि हामी के निष्कर्षमा पुगेका छौँ भने चीनमा सबै भाषाका विकिपिडिया साइट खोल्न नमिल्ने बनाइएको छ।'

प्रयोगकर्ताहरूले इन्टरनेटमा प्राप्त सन्दर्भ सामग्रीका आधारमा लेख्न तथा सम्पादन गर्न सकिने  विकिपिडियाले संसारभर नै चुनौती खेपिरहेको छ। सन् २०१७ मा टर् तथा भेनेजुयला पनि बन्द गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.