कर्मचारी समायोजनलगत्तै सबै सरकारी अस्पतालमा जनशक्ति र उपकरण : स्वास्थ्यमन्त्री

कर्मचारी समायोजनलगत्तै सबै सरकारी अस्पतालमा जनशक्ति र उपकरण : स्वास्थ्यमन्त्री

काठमाडौं : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मुलुकका सबै सरकारी अस्पतालमा जनशक्ति र उपकरणको व्यवस्था गरी उपचार सेवा सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा बिहीबार आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहमा मन्त्री यादवले कर्मचारी समायोजनपछि जनशक्ति र उपकरणको व्यवस्था गर्ने बताए।

स्वास्थ्य जनशक्ति, अस्पतालको भौतिक तथा प्राविधिक अवस्था र मेडिकल उपकरणको उपलब्धता लगायतको समग्र अवलोकन एवं तथ्यांक संकलन गरिने उनले जानकारी दिए। 'आवश्यक जनशक्ति र उपकरण देशैभरका अस्पतालमा पुर्‍याउन पहल गर्छ', उनले भने।

आगामी आर्थिक वर्षको कूल बजेट मध्यमबाट १० प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको उनले जानकारी दिए। यसअघि वार्षिक बजेटमा स्वास्थ्यतर्फ कूल बजेटको जम्मा ४.४ प्रतिशत छुट्टयाइएको थियो।

स्वास्थ्य मन्त्री यादवले त्यो बजेटलाई आगामी वर्ष १० प्रतिशत पुर्‍याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरिरहेको दाबी गरे।

‘कुल बजेटको सबैभन्दा बढी बजेट स्वास्थ्य र शिक्षामा विनियोजन हुनुपर्ने हो। तर स्वास्थ्यलाई जम्मा ४.४ प्रतिशत छुट्टयाइयो। मुलुकको स्वास्थ्य सेवा सुधार गर्न बजेटको यो अनुपात अत्यन्तै थोरै हो',  उनले भने।

थाइल्याण्डमा कूल बजेटको २१ प्रतिशत बजेट विनियोगन हुने गरेको उदाहरण दिँदै मन्त्री यादवले स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए।

टेकुस्थित परिवार स्वास्थ्य महाशाखाले उपलब्ध गराएको करिब ८० लाख मूल्यको उपकरण बिहीबार कान्तिबाल अस्पताललाई हस्तान्तरण गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.