एभिन्युज तोडफोडमा झूठा मुद्धा लगाइएको समाजवादी पार्टीको दाबी

एभिन्युज तोडफोडमा झूठा मुद्धा लगाइएको समाजवादी पार्टीको दाबी

वीरगन्ज : एभिन्युज खबर टेलिभिजनको वीरगञ्जस्थित ब्युरो कार्यालयमा भएको तोडफोडमा संलग्न रहेको आरोपमा समाजवादी पार्टी नेपालका नेता कार्यकर्तामाथि झूठा मुद्धा लगाइएको दाबी पार्टीनिकट संगठनले गरेका छन्।

पार्टीनिकट समाजवादी विद्यार्थी फोरम र समाजवादी युवा फोरमले मुद्दा फिर्ता लिन माग गर्दै सरकारलाई ज्ञापनपत्र बझुाएका छन्। प्रमुख जिल्ला अधिकारी नारायण भटराईलाई गृह मान्त्रालयमा ज्ञापनपत्र बुझाइएको हो।

एभिन्युजको वीरगन्ज कार्यालयमा गत सोमबार भएको तोडफोडमा संलग्न रहेको भन्दै एभिन्युज च्यानल पर्साका संवाददाता हरिशंकर शर्माले बुधबार वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का  वडाध्यक्ष तुफान अन्सारी, पार्टीका कार्यकर्ताहरू निखिल वर्णवाल, गौरव बर्मा, नूर आलम र विशालकुमार विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएका थिए।

एभिन्युजको एक कार्यक्रममा प्रश्नकर्ता पत्रकारले अमर्यादित र अपमानजनक व्यवहार देखाएको भन्दै  उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव कार्यक्रम छोडेर हिँडेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.