धनकुटाका पत्रकार पनि आन्दोलित

धनकुटाका पत्रकार पनि आन्दोलित

धनकुटा : सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोध गर्दै धनकुटाका पत्रकार एवम संचारकर्मी आन्दोलित भएका छन्।जिल्लामा क्रियाशील दर्जनभन्दा बढी पत्रकार तथा संचारकर्मीले धनकुटा-७ चुवाको बोट रहेको चोकमा हातमा कालो पट्टी बाँधेर सञ्चार सामाग्री सडकमा प्रर्दशन गर्दै विरोध गरेका थिए।

विधेयकको विरोधमा यतिबेला धनकुटासहित देशभरका पत्रकार तथा सञ्चारकर्मी विरोधमा सडकमा उत्रिएका छन्। सञ्चारकर्मीले करिब एक घण्टा आफूले प्रयोग गर्दै आएका क्यामेरा, टिपोट डायरी, डटपेन, क्यामेरा स्ट्यान्ड, ल्यापटपलगायत संचार सामाग्री सडकमा प्रर्दशनमा राखेका थिए।

विरोध कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्वअध्यक्ष विजयसन्तोषी राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल सरकारले ल्याएको विधेयक फिर्ता लिएर सरोकारवालासँग छलफल गरी विधेक ल्याउन सुझाब दिए।सो कार्यक्रम नागरिक समाजका अगुवा, बुद्धिजीवी लगायतको उपस्थिति थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.