डीएसपीको प्रमाणपत्र नै नक्कली !

डीएसपीको प्रमाणपत्र नै नक्कली !

काठमाडौं : नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धन आयोगको अनुसन्धानका क्रममा डीएसपी अधिकारीको प्रमाणपत्र नक्कली पाइएको हो। 

अख्तियारले नक्कली प्रमाणपत्र प्रयोग गरी जागिर खाएको पाइएपछि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

अनुसन्धान हुँदा डीएसपी अधिकारीले  माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र (आईकम) तहको शैक्षिक प्रमाणपत्र झुट्टा (नक्कली) भएको र निजले नियुक्ति पाउने उद्देश्यले सोही झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधा  समेत लिएको पुष्टि भएको छ। 

अख्तियारले साविक भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको  मागदाबीसहित  विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.