ललितपुरमा मिनिट्रक दुर्घटना, ९ जना गम्भीर घाइते

ललितपुरमा मिनिट्रक दुर्घटना, ९ जना गम्भीर घाइते

ललितपुर : चापागाउँबाट कोन्जोस्योम गाउँपालिकाको भारदेउतर्फ जाँदै गरेको मिनिट्रक दुर्घटना हुँदा ९ जना यात्रु गम्भीर घाइते भएका छन्। शुक्रबार साढे ४ बजेतिर उक्त दुर्घटना भएको हो। 

महानगरीय प्रहरी वृत्तका डीएसपी राजकुमार खिउजुका अनुसार दुर्घटनाग्रस्त मिनिट्रकले सामान सहित करिब ३३ जना यात्रु बोकेको प्रहरीले जनाएको छ। उक्त मिनिट्रक आनन्द वन अस्पताल तलतिरको जंगलमा दुर्घटना भएको खिउजुले जानकारी दिए। 

घाइतेहरुको उद्दार गरी आनन्द वन अस्पताल पुर्याइएको थियो। तर, त्यहाँ उपचार सम्भब नभएपछि बीएन्डबी र पाटन अस्पताल रीफर गरीएको खिउजुले जानकारी दिए। दुर्घटनापछि को १ ख ४९४२ नम्बरका मिनिट्रक चालक फरार छन् । उनको परिचय पनि नखुलेको ललितपुर प्रहरीले जनाएकाे छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.