रमजानमा रोजाको रौनक

रमजानमा रोजाको रौनक

विराटनगर : इस्लामी पात्रो हिजरी संवत्को नवौं रमजानुल मुबारक महिनाको रौनक सर्वत्र छाएको छ। मुस्लिम धर्मग्रन्थ कुरान अवतरण भएको यो महिनालाई रोजा लिने महिनाका रुपमा समेत लिइन्छ।

इन्सान (मानव) लाई हरेक पाप (गुनाह) बाट बचाउन र अरूलाई सहयोग गर्ने भावना जागृत गराउने भएकाले यो महिनालाई मुस्लिम समुदायले विशिष्ट रुपमा लिने गरेको छ। एक महिनासम्म चल्ले रमजान यसपटक जेठ ३ गतेदेखि सुरु भएको हो। रमजानमा मुस्लिम धर्मावलम्बीहरु रोजा (उपवास) बस्छन्।

सूर्य उदाउनुभन्दा दुई घन्टाअगाडि केही खानेकुरा (सेहरी) खार्ई सुरु हुने रोजा सूर्यास्त भइसकेपछि अवतारिक गरी खोल्नुपर्ने जफर अहमद जमाली बताउँछन्। उनका अनुसार रोजाको समयमा मुसलमान निराहार बस्ने प्रचलन छ।

पाँचौं इन्द्रियलाई नियन्त्रणमा राखी दिनभर निराहार बसेर गरिने रोजाको धेरै महŒव रहेको मुस्लिम धार्मिक गुरु बताउँछन्। यसले हरेक व्यक्तिबीच अपनत्व, ममता र माया बढाउन पाठ सिकाउने अञ्जुमन इस्लामिया, जामे महस्जित बुद्धहाट चोकका खातिवो इमाम अब्दुल मनान कादरीले बताए।

रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य हुन्छ। रोजामा बेलुका ७ बजे इफतारी तोडिन्छ। रोजामा जेमा (यौनसम्पर्क) वञ्चित छ। ३० दिनको रमजानलाई अल्लाहले तीन भागमा बाँडेको बताइएको छ। पहिलो १० दिनलाई रहमत (अल्लाहबाट बक्सिस) इनाम, दोस्र्रो १० दिनलाई पापबाट छुटकारा पाउन (मगफेरत) र अन्तिम १० दिनलाई मृत्युपछि स्वर्ग, जननत (जहनम से आजादी) पाउन विभाजन गरिएको अञ्जुम इस्लामिया, जामे महस्जित बुद्धहाट चोकका खातिवो इमाम अब्दुल मनान कादरीले बताए।

रोजा बस्नेले शरीर शुद्ध राख्नुपर्छ। दिनमा नियमित पाँचपटक नमाज पढ्नुपर्छ। साथै राति ९ बजेदेखि धर्मगुरुबाट थप तरावीको नमाज सुन्नुपर्छ। तरावी धर्मगुरुले कण्ठ गरी सुनाउनुपर्ने प्रावधान छ।

यसमा प्रत्येक मुस्लमानले जनही एक किलो ७ सय ५० ग्राम गहुँको मूल्य फित्तरा निकाल्नु पर्छ भने साढे सात तोला सुन र ५२ तोला चाँदीभन्दा बढी हैसियत भएका मुसलमानले आफ्नो सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ। फित्तरा र जकात गरिब, असहाय र दिनदुःखीलाई बाँड्नुपर्छ। फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुअगावै निकालिसक्नुपर्छ। फित्तरा र जकातको अर्को अर्थमा गरिब मुसलमानले पनि धनीजस्तै समान रूपमा रमजान मनाउने व्यवस्था गरिएको बताइएको छ। अल्लाहका लागि त्याग, समर्पण र बलिदानको भावना जागृत भएर आउने रमजान महिनामा मुसलमान आस्था र विश्वासलाई अझ दृढ बनाउन मद्दत गर्ने रोजाको वैज्ञानिक मान्यता छ।

रोजाको अवधिमा शारीरिक रूपमा दुब्लाए पनि मानसिक रूपमा गौरवान्वित ठान्ने मुसलमानले इस्लाम धर्मका पाँच आधारभूत सर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै सर्त पूरा गर्ने अवसर प्राप्त गर्ने प्रचलन रहेको मुस्लिम धर्मका अनुयायी बताउँछन्। तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाद अर्थात् चन्द्रमा हेर्ने प्रचलन छ। भोलिपल्ट इदगाहमा गएर पुरुष मुसलमानले सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाउछँन्। त्यसपछि उनीहरुले एकले अर्कोलाई अँगालो मारेर इद मुवारक एवं बधाई साटासाट गरी घरमा गएर मीठो–मीठो खानेकुरा खान्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.