हिलेमाटोमा कोशलको पर्फर्मेन्स आर्ट (फोटो)
काठमाडौं : राजधानीमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीमा शनिबार कलाकार कोशल हमालले देखाएको पर्फर्मेन्स आर्ट (भावभङ्गी कला) ले धेरैको ध्यान तान्यो। बबरमहलस्थित नेपाल कला परिषद्को परिसरको भुइँमा रातो माटो मुछेर उनले देखाएको यो कला बेजोड थियो।
बिहीबारदेखि जारी प्रदर्शनी तीन हप्तासम्म सञ्चालन हुने छ। प्रदर्शनीमा नेपालभरबाट विभिन्न कलाकृति एकै स्थानमा संकलन गरिएको छ। यहाँ चार सय ६७ कलाकारका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला तथा अन्य सिर्जनात्मक कलालगायत विभिन्न विधाका पाँच सय २९ कलाकृति र वरिष्ठ कलाकारका अप्रतियोगी कलाकृतिसमेत समेटिएको छ।