एकै दिन १८ हजार बली

एकै दिन १८ हजार बली

सिरहा : बुद्ध जयन्तीकै दिन शनिबार सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा १८ हजारभन्दा खसीबोका, पाठीको बली चढाइएको छ। नेपाल र भारतका ६ लाखभन्दा बढी भक्तजनले पुजापाठ गरेका छन्। अत्यधिक गर्मीका कारण मेला भर्न आएका एक श्रद्धालुको ज्यानै गएको छ। बोका, पाठीसहित बली चढाउन लाइन बसेका भक्तजनले जर्वजस्ती मन्दिर प्रवेश गर्ने क्रममा र गर्मीका कारण बेहोस भएका सुखीपुर नगरपालिका–२ चन्नरपट्टिका ४० वर्षीय बालगोपाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गर्मीमा मन्दिर प्रवेश गर्नेको भीडमा यादव लडेर बेहोस भएका थिए। उनलाई तत्काल मेला समितिले प्राथमिक उपचार गरी थप उपचारका लागि लहान बजार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। यादवसँगै १०, १२ जना व्यक्ति गर्मीले बेहोस भएका थिए। उनीहरुलाई प्राथमिक उपचारपछि घर फर्काइएको समितिले जनाएको छ। मेलामा भाकल भर्न जनकपुर उपमहानगर–४ बाट मन्दिर आएका रमेश चौधरीका अनुसार गर्मीले धेरै श्रद्धालु बेहोस भए। ‘मन्दिरमा लाखौँ भक्तजन मेला भर्न आएका थिए’, चौधरीले भने, ‘प्रवेशद्वार साँघुरो भएकाले भिडभाड हुँदा धेरै भक्तजन बेहोस भएका हुन्।गत वर्षसम्म रातीदेखि बली चढाउने गरिएकाले यस्तो घटना भएको थिएन। यसवर्ष पूजा ढिलो भएकाले बली चढाउने काम पनि ढिलै सुरुभएको मेला समितिले जनाएको छ। शनिवार साँझसम्ममा १८ हजारभन्दा बढी बलि चढाइएको र ६ लाखभन्दा बढी भक्तजनले पुजापाठ गरेको मेला समितिले जनाएको छ।

राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्त हुने, रोगव्याधीबाट मुक्ति र मनोकामना पूरा हुने जनविश्वास रहीआएको छ। यहाँ बलि चढाउन सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतका विभिन्न राज्यबाट भक्तजन आउने गरेका छन्। मनोकाक्षा पूरा भएका र भाकल गर्न लाखौं भक्तजन मेला भर्न आउने गरेको वडाध्यक्ष तेजनारायण चौधरीले बताए। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत लहान बजारबाट १० किलोमिटर उत्तरमा पर्ने मन्दिरमा हजारौं श्रद्धालु भाकलअनुसार बोका, पाठी, हाँस, परेवा, कुखुरा बली चढाउने गर्छन्। गतवर्ष १६ हजार ५ सय बोका, पाठी बलि दिइएको थियो।

बलि दिएको पशुपंक्षीको रगतले मन्दिर परिसर रक्ताम्मे भए पनि दुर्गन्ध नआउने र झिंगासमेत नलाग्ने हुँदा त्यसमा राजदेवीको शक्ति रहेको जनविश्वास गरिन्छ। राजदेवी मन्दिर बाराको गढीमाई मन्दिरपछि दो श्रो ठूलो संख्यामा पशुपंक्षी बलि दिइने मन्दिर मानिन्छ। स्थानीय आशाराम चौधरीका अनुसार मन्दिर अढाई शताब्दीदेखि अस्तित्वमा रहे पनि विशेष पूजाअर्चना र पशुपंक्षीको बली दिइने क्रम २०५० सालपछि सुरुभएको हो।

थारु समुदायको बाहुल्य रहेको मन्दिर वरिपरिका गाउँका स्थानीय आफूहरु बुद्धकै वंशज भएको र बुद्धजयन्तीका दिन चण्डी पूर्णिमा पर्ने भएकाले पशुपंक्षीको बली दिने गरिएको बताउँछन्। मन्दिर रहेको ढोढना र वरिपरिका बस्तीका प्रायः हरेक घरमा मेलाको अघिल्लो दिनदेखि छिमेकी गाउँमा आफन्त, नातागोता, कुटुम्ब मेला हेर्न र पशुपंक्षीको बली चढाउन पाहुनाको रुपमा पुग्ने गरेको स्थानीय जिरमान तामाङले बताए।

यस्तो छ किबदन्ती

स्थानीयका अनुसार करिब १२५ वर्ष अघि मन्दिर रहेको ठाउँ जंगल र चरण क्षेत्र थियो। स्थानीय गाई चराउन जान्थे। तर त्यहाँ चराउन लगिएका गाई हराउन थालेपछि स्थानीय त्रसित भए। धामी दिलाराम भट्टले त्यस ठाउँमा गई तन्त्र साधना गरेपछि राति सपनामा देवीले दर्शन दिएर चण्डी पूर्णिमा अर्थात् बुद्ध जयन्तीको दिन बली चढाए समस्या टर्ने बताइन्।

स्थानीयले देवीले सपनामा भनेअनुसार बली चढाउन थाले। गाई हराउन छाड्यो। ८/१० बर्ष अघिसम्म यो मन्दिर र राजदेवी माताको शक्तिबारे प्रचार भएको थिएन्। पछिल्लो समय मन्दिरले चर्चा पाएपछि मधेसका अधिकांश जिल्ला र भारतबाट भक्तजन बली चढाउन आउने गरेका छन्। भाकल गर्नेको संख्या बर्षेनी बढ्दै गएको पूजारी डम्बरबहादुर भट्टको भनाइ छ। मन्दिरको क्षेत्रफल फैलिँदै गएको छ। हाल मन्दिरको नाममा सात विघा जग्गा पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.