प्रचण्ड भन्छन्-ललितपुर मेरा लागि विषेश ठाउँ

प्रचण्ड भन्छन्-ललितपुर मेरा लागि विषेश ठाउँ

ललितपुर : नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुर आफ्ना लागि विषेश ठाउँ भएको बताएका छन्। ललितपुर महानगरपालिका–२६को वडा कार्यालय उद्घाटन गर्न पुगेका प्रचण्डले यस्तो बताएका हुन्। 

केही मिनेट हिडेर प्रचण्ड सुनाकोठी हाइटबाट थोरै तल रहेको वडा कार्यालय पुगेका थिए। उनले ललितपुरमा बसेर विद्रोहको तयारी गरेको, शान्तिप्रक्रिया टुंगोमा पर्याएको र निर्वाचन सम्पन्न गराएको समेत बताए। ‘निर्वाचनपछि पनि यहीँ बस्न आइपुगेँ’ उनले भने, ‘मेरो ठाउँबाट ललितपुरको विकासका लागि पहल गर्नेछु।’ 

आफ्नो राजनीतिक आन्दोलनको इतिहासमा ललितपुर स्वपरिचित  भएको र देशैभरीमै ललितपुर राम्रो जिल्ला भएको समेत प्रचण्डले दावी गरे। ‘न्याय, परिवर्तन, समानता र स्वतन्त्रताको पक्षमा ललितपुरले धेरै संघर्ष गरेको।’ उनले भने। 

खुुमलटारमा बस्दै आए पनि स्थानीयहरुसँग भेट्ने अवसर नमिलेकाले सबैसँग यहीँ भेट होला भनेर कार्यक्रममा आएको प्रचण्डले बताए। ‘व्यस्तताका कारण कार्यक्रममा आधा घण्टा समय दिने भनेको थिएँ। तर, यहाँका समस्या, जनताका माग र विकास जानकारी लिने भन्दै अन्यलाई बोल्ने समय दिएँ’ उनले भने। 

त्यस्तै ललितपुर–३ की प्रतिनिधिसभा सदस्य पम्फा भुषालले कान्तिलोकमार्ग, मेलम्ची निर्माण, फास्टट्रयाक, नख्खु करीडोर लगायतमा भएका काम र त्यहाँका समस्या बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.