कञ्चनजंघामा ज्यान गुमाएका दुई आरोहीको शव निकालियो

कञ्चनजंघामा ज्यान गुमाएका दुई आरोहीको शव निकालियो

ताप्लेजुङ : कञ्चनजंघा हिमाल आरोहणको क्रममा गत बुधवार ज्यान गुमाएका दुई आरोहीको शव पाँच दिनपछि निकालिएको छ। ८ हजार २ सय मिटरमाथिको उचाईमा मृत्यु भएका भारतीय आरोही ४८ वर्षीय विप्लव बैद्य र ४६ वर्षीय कुन्तल करारको शव निकालिएको हो।

दोसे आधार शिविरसम्म शेर्पाहरूको सहायतामा झारेर त्यहाँबाट हेलिकप्टरमा राखेर सुकेटार विमानस्थलबाट काठमाडौं लगिएको हो।

वैद्यको आरोहण गरेर फर्कदै गर्दा र कुन्तलको चढ्दै गर्दा लेक लागेर मुत्यु भएको थियो। काठमाडौस्थित पिक प्रमोशन प्रालिबाट उनीहरू आरोहणका लागि गएका थिए। चिलिका आरोहि रोड्रिगो भिभ्यान्चो भने चौंथो आधार शिविर क्षेत्रमै हराइरहेका छन्। हालसम्म पनि नभेटिएकाले उनलाई जिवितै भेट्ने सम्भावना कम रहेको खोजीका लागि गएका शेर्पा मिङमा शेर्पाले बताए।  

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आरोहणका क्रममा बिरामी परेका दुई भारतीय र एक जर्मन नागरिकको काठमाडौंमा उपचार भइरहेको छ। उनीहरूलाइ हेलिकप्टरबाट तत्काल उद्धार गरी उपचारार्थ काठमाडौं लगिएको थियो। ८ हजार ५ सय ८६ मिटर उचाइको कञ्चनजंघामा यो सिजनमा ३४ जनाले आरोहण अनुमती लिएका थिए। अरुको आरोहण सफल भएको कम्पनीहरुले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.