४४ लाख लुकाउने भारतीय नागरिकविरुद्ध मुद्दा
काठमाडौं : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गैर कानुन रुपमा सम्पत्ति लुकाएको अभियोगमा भारतकाे सिक्कम राज्यका ग्यान्तोकका लाक्पा शेर्पामाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विभागले ४४ लाख २१ विगो कायम गरी सम्पत्ति शुद्धिकरण निवारण ऐन बमोजिम कैद सजायको माग दाबी गरेको छ।
ललितपुरको झम्सिखेलस्थीत भिभान्ता काठमाडौं होटलमा बसेका शेर्पाको झोला खानतलासी गर्दा प्रहरीले ४४ लाख २१ हजार रकम बरामत गरेको थियो। भारतीय नागरिक शेर्पाले होटलका कर्मचारीलाई धम्कीपूर्ण भाषा समेत प्रयोग गेका थिए।