प्रदेश १ को बजेट अधिवेशन जेठ १३ गतेका लागि आह्वान
विराटनगर : प्रदेश १ को चौथो तथा बजेट अधिवेशन आगामी जेठ १३ गतेका लागि आह्वान गरिएको छ ।
प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले नेपालको संविधानको धारा १८३ को उपधारा ९ वमोजिम चौथो अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सरकारले यो अधिवेशनबाट आर्थिक वर्ष २०७६ं÷०७७ को नीति तथा कार्यक्रम पारित गराउने छ । प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले यही जेठ १३ गते दिनको १ बजे प्रदेश सभाहल विराटनगरमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट सम्बोधन हुने जानकारी दिए ।