करअधिकृतसहित २ जना कर्मचारीविरुद्ध मुद्दा
काठमाडौै : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय जगातीका करअधिकृत नवराज भट्टराईसहित दुई कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ ।
कर अधिकृत भट्टराई र नायव सुब्बा सविन सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
सुब्बा सुवेदीले स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न पश्चात नियमानुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिइरहेका अवस्थामा पक्राउ परेका थिए । सुब्बामाथि अनुसन्धान हुँदा कर अधिकृत भट्टराईको पनि संलग्नता पाइएपछि उनीविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।