सुरक्षा माग्दै जनप्रतिनिधि

सुरक्षा माग्दै जनप्रतिनिधि

बझाङ : खप्तड छान्ना गाउँपालिका–६ पाटादेवलका जनप्रतिनिधि र कर्मचारी शान्ति–सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन्। स्थानीयले ज्यान मार्ने धम्की दिएको भन्दै न्याय माग्न वडा कार्यालय बन्द गरेर सदरमुकाम चैनपुर पुगेका हुन्।

वडाध्यक्ष तिलकबहादुर खड्कासहित वडासचिव, कार्यालय सहयोगीसहितको टोलीले जिल्ला प्रशासन कार्यालय बझाङमा समेत उजुरी दिएको छ। गाउँपालिकाको आयोजनामा आइतबार वडास्तरीय मावि र निमावि तहबीच पोषण, महिनावारी स्वच्छतासम्बन्धी वक्तृत्वकला कार्यक्रममा स्थानीय डबलबहादुर खड्काले गालीगलौज गर्न थालेपछि जनप्रतिनिधि शान्ति–सुरक्षा माग्दै जिल्लामा आएको वडाध्यक्ष तिलक खड्काले बताए। उनले भने, ‘रक्सी खाएर डबल खड्काले वडा कार्यालयमा जनप्रतिनिधिलाई गालीगलौज गरे’, उनले भने, ‘सम्झाउन खोज्दा उल्टै डबलका छोरा त्रिभुवन र प्रकाशले आक्रमण गर्न खोजी ज्यान मार्ने धम्की दिए।’ महिला जनप्रतिनिधि कृष्णा थापाले डबल खड्कासहित उनका छोराहरूले गाली–बेइज्जत गरेको हुँदा वडा कार्यालयमा आउन–जानसमेत डर लागेको बताइन्।

डबलका छोरा त्रिभुवनले बुवामाथि हातपात गरेकाले प्रतिकार मात्र गरेको बताए। सहायक प्रमुख जिल्ला अधिकारी रामबहादर सार्कीले भने दुवै पक्षलाई बोलाएर छलफल गरी समस्या समाधान गर्ने बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.