चिनी उद्योग बन्द भएपछि ५ करोडको उखु खेतमै सुक्यो

चिनी उद्योग बन्द भएपछि ५ करोडको उखु खेतमै सुक्यो

परासी : चिनी उद्योग बन्द भएपछि पश्चिम नवलपरासीका किसानहरुको ५ करोड भन्दा बढीको उखु खेतमै सुकेका छन् ।

जिल्लामा तीन चिनी उद्योग छन् । तीमध्ये लुम्बिनी चिनी उद्योग एक महिना अघि नै बन्द भएको हो । बाग्मती र इन्दिरा चिनी उद्योगले तीन दिनअघि क्रसिङ बन्द भएको सूचना निकालेपछि किसानका उखु खेतमै सुक्न थालेका हुन् ।

उद्योग बन्द भएपछि बिक्री हुन नसकेका उखुको क्षतिपूर्ति सरकारले उपलव्ध गराउनुपर्ने किसानहरुले माग गरेका छन् । मंसिरको अन्तिम सातामा क्रसिङ सुरु हुने उद्योगहरु यस वर्ष फागुनको दोस्रो सातादेखि सञ्चालनमा आएका थिए ।

ढिलो गरी सञ्चालनमा आएका उद्योगहरु उखु खेतमै रहँदा बन्द भएकाले त्यसको क्षतिपुर्ति सरकारले दिनुपर्ने उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले बताए । उद्योग बन्द भएपछि ७० देखि ७५ विगाहामा लगाइएको एक लाख बढी क्विन्टल उखु पूर्ण रुपमा सुक्न थालेका छन् ।

जस कारण किसानले ५ करोड बढी क्षति ब्यहोर्नु परेको अध्यक्ष यादवले बताए । उखु नकाटेसम्म उद्योग बन्द नगराउन पटक पटक प्रशासनलाई आग्रह गरे पनि वास्ता नगरिएकाले त्यसको क्षतिपुर्ति सरकारले उपलव्ध गराउनुपर्ने किसानको माग छ ।

कटानी र उद्योगसम्म पु¥याउने ढुवानी खर्च बाहेकको रकम सरकारले उपलव्ध गराउनुपर्ने किसानहरुले माग गरेका छन् । ‘कटानी र ढुवानी खर्च कटाएर प्रतिक्विन्टल ४ सयका दरले सरकारले क्षतिपुर्ति दिनुपर्छ नभए आन्दोलनमा उत्रिन्छौं,’ अध्यक्ष यादवले भने ।

किसानहरुले अहिलेसम्म उद्योगहरुलाई १३ लाख ८ हजार क्विन्टल उखु उपलव्ध गराएका छैनन् । उखु उपलब्ध गराएको ३५ दिनभित्र भुक्तानी दिने उद्योगहरुले सहमति गरेका थिए ।

तर कुनै पनि किसानलाई रकम दिइएको छैन । सरकारले यसवर्ष उखुको प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैशा मुल्य निर्धारण गरेको छ । ढिलो गरी सञ्चालनमा आएका उद्योगहरुले उखु सुकेको भन्दै ५ देखि ५० प्रतिशतसम्म कटौती गरेर खरिद गरेको  समितिले जनाएको छ ।

एक सय क्विन्टल उखुलाई सुकेको भन्दै ५० क्विन्टलको मात्र पूर्जी दिएर किसानलाई ठगी गरेको समितिको आरोप छ । उद्योगलाई दैनिक रुपमा आवश्यक पर्ने उखु नभएकाले बन्द गरिएको बाग्मती चिनी उद्योगका सञ्चालक राम थापाले बताए । किसानहरुले उल्लेख गरेजति उखु खेतमा नरहेको उनको दाबी छ । ‘उद्योगलाई दैनिक १० हजार क्विन्टल क्रसिङका लागि आवश्यक हुन्छ । किसानहरुले समयमा नकाटेर उद्योगलाई दिन सकेनन् । त्यसैले बन्द गरिएको हो,’ थापाले भने ।

मजदुरको अभाव देखाएर समयमा उखु नकाट्नु आफ्नो दोष नभएको उनले बताए । किसानहरुले उपलब्ध गराएको उखुको विवरण तयारी गरिरहेकाले केही दिनमा भुक्तानी प्रक्रिया समेत सुरु गरिने थापाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.