भारतीय एसएसबीको दादागिरी : हतियारसहित नेपाल प्रवेश, दशगजा अतिक्रमण

भारतीय एसएसबीको दादागिरी : हतियारसहित नेपाल प्रवेश, दशगजा अतिक्रमण

परासी : पश्चिम नवलपरासीस्थित सीमा क्षेत्रमा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्र अतिक्रमण गरेर अस्थायी पोस्ट निर्माण गरेको छ ।

सुस्ता गाउँपालिका–५ बलिनगर सीमामा पर्ने दशगजा क्षेत्रको बीच भागमा पर्ने गरी एसएसबीले अस्थायी पोस्ट निर्माण गरेको हो । त्यसो त, एसएसबीले नियमित ड्युटी गर्ने भूभाग पनि नेपालतर्फ नै छ । नेपाली भूभागमै कच्ची टहरो निर्माण गरेर बसेका एसएसबी हतियार सहित आएर चेकजाँच गर्ने गरेका छन् ।

सीमा क्षेत्र निरीक्षणका क्रममा मंगलबार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने सहित सशस्त्र प्रहरी उपरीक्षक गहार्धन राई र जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टको टोलीले दशगजा क्षेत्र अतिक्रमण गरेर अस्थायी पोस्ट निर्माण गरेको पाएको हो ।

प्रमुख जिल्ला अधिकारी लामिछानेले निरीक्षणका क्रममा भारतीय एसएसबीले दशगजा क्षेत्र मिचेर अस्थायी पोस्ट निर्माण गरेको बताए । ‘अन्तर्राष्ट्रि सीमाको बीच भागमा पर्ने गरी पोस्ट निर्माण गरेको पाइयोे । त्यति मात्र होइन उनीहरुले नियमित चेकजाँच पनि नेपाली भूभागमै बसेर गर्ने गरेका रहेछन्,’ लामिछानेले भने ।

पश्चिम नवलपरासी भारतको महाराजगञ्ज जिल्लाको सीमानासँग जोडिएको छ । भारतीय डिएम (प्रमुख जिल्ला अधिकारी) सँग बैठक बसेर   निर्माण गरेको पोस्ट र नेपाली भूभागमा बसेर गरिएको ड्युटी तत्काल हटाउन पहल गर्ने प्रजिअ लामिछानेले बताए । ‘पहिला भारतीय समकक्षीसँग बसेर स्थानीय स्तरबाटै पोस्ट हटाउन पहल गर्छौँ, नमाने सम्बन्धित निकायमा पत्राचार गर्छौँ,’ प्रजिअ लामिछानेले भने ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पोस्ट भन्दा एसएसबीका पोस्ट धेरै छन् । जिल्लाको पाल्हीनन्दन गाउँपालिका–५ को चिमनटोलादेखि सुस्ता गाउँपालिका–५ को सकरदिनसम्मको २८ किमि दूरी सीमा क्षेत्रमा छ ।

लामो सीमा क्षेत्रमा गस्ती गर्न सशस्त्र प्रहरीमा जनशक्ति अभाव भएका कारण पनि भारतीयले पटक पटक दशगजा र सीमा क्षेत्र अतिक्रमण गर्दै आएको छ । सीमा क्षेत्रमा एसएसबीको २५ देखि ३० स्थानमा अस्थायी पोस्ट छन् । सशस्त्र प्रहरीको भने ३ वटा बिओपी (बर्डर आउट पोस्ट) मात्र रहेको सशस्त्र प्रहरी बल नेपाल हेड क्वार्टर नं. २६ का उपरीक्षक गहार्धन राईले बताए । जनशक्ति अभावले पनि नियमित गस्तीमा केही कमी भएको राईको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.