इन्जिनियरसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, पर्वतका तत्कालीन इन्जिनियरसहित पाँचविरुद्ध अख्तियारले मुद्दा दयार गरेको छ।
कटुवाचौपारी गुणस्तरीय खानेपानी तथा सरसफाई योजनाको प्रशोधनशाला अन्तर्गत स्लो स्यान्ड फिल्टर समेतको निर्माण कार्य गर्दा वास्तविक भएको भन्दा बढी काम भएको देखाई झुट्टा विल भरपाई समेत बनाई पेश गरी भुक्तानि लिने दिने कार्य गरेरको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
इन्जिनियर थापासहित सिडिर्इ अमोध धिता कटुवाचौपारी गुणस्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नारायण शर्मा लामिछाने, सचिव सुरेशबहादुर पीसी र कोषाध्यक्ष दिवाकर शर्मा लामिछानेलाई प्रतिवादी बनाइएको छ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी गरिएको छ। उपभोक्ता समितिका अध्यक्ष लामिछाने, सचिव पीसी र कोषाध्यक्ष दिवाकर शर्मा लाई बिगो पाँच लाख २० हजार मागदावी गरिएको छ।