बर्दियामा विप्लव समूहका दुईजनाले पार्टी छोडेको घोषणा गरे
गुलरिया : देशमा सशस्त्र युद्धको आवस्यकता र औचित्य नरहेको भन्दै बर्दियामा विप्लव नेतृत्वको माओवादीका दुईजना कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।
गुलरिया नगरपालिका–२ संगमबस्ती निवासी दिपेन्द्र बहादुर बस्नेत र उर्मिला परियारले प्रेस विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेका हुन् । अहिलेको अवस्थामा नेपाली जनताले प्राप्त गरेका अधिकार संस्थागत गर्न शान्तिपूर्ण वातावरणको खाँचो रहेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
जनमुक्ति सेनाको स्वेच्छिक अवकाशपछि राजनीतिक विचारधाराको हिसावले नेकपा माओवादी विप्लव समूहलाई सर्मथन रहँदै आएकोमा आजका मितिदेखि विप्लव समूहको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको बस्नेत र परियारले संयुक्त हस्ताक्षर गरी विज्ञप्ती जारी गरेका हुन् ।