प्रदेशसभामा विधेयकको विरोध

प्रदेशसभामा विधेयकको विरोध

हेटौंडा : प्रदेश ३ का सांसदले मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोध गरेका छन्। प्रदेशसभाको मंगलबार बसेको बैठकमा कांग्रेस सांसद पुकार महर्जनले यो विधेयकमार्फत सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजेको बताए। ‘स्वतन्त्र प्रेसलाई कुण्ठित गर्न ल्याइएको विधेयकको विरोध गर्छौं’, उनले भने, ‘संघीय सरकारले पत्रकारको मुख थुन्ने प्रयास गरेको छ तर हामी सफल हुन दिँदैनौं।’

आव २०७६/७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा मंगलबार छलफलको कार्यक्रम थियो। विनियोजन विधेयकमा विचार राख्ने ११ सांसदमध्ये अधिकांशले बजेट कार्यान्वयनमा शंका व्यक्त गरेका थिए।

बैठकमा प्रदेशस्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयकबारे सैद्धान्तिक छलफल भएको थियो। बैठकमा पूर्वमन्त्री शेरबहादुर तामाङ दर्शकका रूपमा उपस्थित थिए। अतिथि कक्ष÷दीर्घा नहुँदा उनी दर्शकदीर्घामा बसे। संसदीय अभ्यास ठीक भए पनि हलको उचित व्यवस्था नभएको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.