ब्राउन सुगरसहित पक्राउ
दाङ : दाङमा ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। ७ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित लमही नगरपालिका ५ निवासी ३० वर्षीय चुर्णसिंह ठकुरीलाई प्रक्राउ गरेको दाङ प्रहरीले जनाएको छ।
नेपालगन्जबाट ब्राउन सुगर ल्याएर आउँदै गरोको सूचनाका आधारमा खोजतलास गर्दा वडा प्रहरी कार्यालय लमहीको टोलीले अर्जुनखोला नजिकबाट ठकुरीलाई पक्राउ गरेको दाङ प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए।ठकुरीलाई अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।