प्रहरीको गोलीबाट घाइते विप्लव कार्यकर्ताको मृत्यु

प्रहरीको गोलीबाट घाइते विप्लव कार्यकर्ताको मृत्यु

भोजपुर: मंगलबार दिउँसो प्रहरीसँगको मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको छ। टेम्केमैयुङ गाउँपालिका-१, तिम्माको धोद्रे जंगलमा प्रहरी र विप्लव कार्यकर्ताबीच भएको मुठभेटमा प्रहरीको गोली लागि षडानन्द नगरपालिका- २ कुदाककाउलेका ३२ वर्षीय तिर्थराज घिमिरेको उपचारका क्रममा मृत्यु भएको हो।

घाइते घिमिरेको उपचारका क्रममा बुधबार बिहान करिब साढे ३ बजेतिर धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको  प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।

उपचारका लागि एम्बुलेन्सबाट मंगलबार साँझ धरान लैजाने क्रममा भोजपुर नगरापालिका- १० भैसीपंखाको भीरको सडकमा ढुङगा झरेर बाटो अवरोध भएपछि उनलाई समयमै धरान पुर्‍याउन समस्या भएको थियो। 

प्रजिअ खतिवडाले घिमिरेको धरानमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।उनले भने, ' घटनास्थलबाट सडकसम्म घाइते घिमिरेलाई बोकेर ल्याउन प्रहरीलाई पाँच घण्टा लागेको थियो।अस्पताल पुर्‍याउन ढिला भएका कारण उनको मृत्यु भएको हुनसक्छ।' घिमिरेको साथमा हतियारसमेत फेला परेको प्रहरीको दाबी छ।
 
सो ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ।कार्यकर्ताले प्रहरीमाथि फायर खोलेको र जवाफी कारबाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाको भनाई छ।

दर्जनौंको समूहमा रहेका हतियारधारीले त्यहाँबाट जंगलको बाटो हुँदै भागेको बताइएको छ। विगत केहि दिनदेखि भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र मैयुङ्ग, दोभानेमा विप्लवका हतियारधारी लडाकु रहेको प्रहरीले सूचना पाएको जनाएको छ । सोहि सूचनाको आधारमा प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले चारैतिरबाट घेरा हालिको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.