रारा प्रथम ट्रेल रनको उपाधि बुढालाई

रारा प्रथम ट्रेल रनको उपाधि बुढालाई

मुगु : नेपाली सेनाले आयोजना गरेको प्रथम रारा ट्रेल रन प्रतियोगिताको प्रथम उपाधि कनका सुन्दरी गाउँपालिका-३  जुम्लाका दुर्गबहादुर बुढाले जितेका छन्। जैविक विविधता दिवसको अवसर पारेर नेपाली सेनाले पहिलो पटक रारामा आयोजना ट्रेल रन प्रतियोगिता आयोजना गरिएको हो।बुढाले रारा ताल वरिपरी १५ किलो मिटर दूरी ५५ मिनेट ३८ सेकेण्डमा पार गरी विजेता भएका हुन्। उनले एक लाख नगद पुरस्कारसहित ट्रफी पाएका छन्।

प्रतियोगितामा कनका सुन्दरी १ कै धीरबहादुर बुढा दोस्रो, त्रिभुवन आर्मी क्लबका नबराज सावत तेस्रो,भीमबहादुर बुढा चौंथो र कनका सुन्दरी-१ का प्रकाश कठायत पाँचौं भए। प्रथम हुनेलाई खेलाडीलाई १ लाख, दोस्रो ६० हजार ,तेस्रो ४० हजार चौंथो २० हजार र पाँचौलाई १० हजार नगद प्रदान गरिएको छ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा देशभरीका १ सय ३० जना खेलाडी सहभागी थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.