परिवारले बुझे १० जनाकै शव, पोस्टमार्टम रिपोर्ट तीन दिनमा

परिवारले बुझे १० जनाकै शव, पोस्टमार्टम रिपोर्ट तीन दिनमा

धरान : पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको घटनामा ज्यान गुमाएका १० जनाको शव परिवारले बझेका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार पोस्ट मार्टम भएपछि शव परिवारका सदस्यहरूलाई बुझाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

बीपी कोराराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहले तीन दिनमा पोस्ट मार्टम रिपोर्ट आउने बताए।

आरुबोटेको घटना

नकाब लगाएका व्यक्तिले सोमबार राति सुतिरहेका बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सामूहिक हत्या गरेका हुन्। प्रहरीले प्रत्यक्षदर्शीलाई उधृत गर्दै नवैजनाको एकजनाले हत्या गरेको बताए पनि हत्यारा को हुन् र उनले किन ९ जनाको सामूहिक संहार गरे भन्नेबारे केही पहिचान गर्न सकेको छैन।

बमबहादुरको घरका चार जना र उनका ज्वाइँ धनराज शेर्माको घरका पाँच जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। हत्या भएकामा बमबहादुरसहित पत्नी फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम छन्।

यस्तै धनराजसहित पत्नी जस्मिता फियाक (शेर्मा), छोरीहरू युहाना शेर्मा, मुना शेर्मा तथा भतिजी इक्सा शेर्माको हत्या भएको छ। बमबहादुरकै अर्की नातिनी सीता खजुमले भागेर ज्यान जोगाएकी छन्। उनको झापामा उपचार भइरहेको छ।

बमकुमार फियाक मानबहादुरका ससुरा हुन्। उनीहरूको घर १५ मिनेट पैदल दुरीमा छ। 

मानबहादुर माखिमले पनि आत्महत्या गरेका छन्। उनको शव घरनजिकै झुन्डिएको अवस्थामा भेटिएको थियो। परिवारमा बेमेल भएपछि पत्नी मनकुमारी फियाक मानबहादुरलाई छाडेर माइतमा बस्दै आएकी थिइन्। मानबहादुर मलेसियाबाट दुई महिनाअघि फर्किएका थिए।

प्रहरीले लापरबाही गरेको स्थानीय आरोप

हत्या हुनुका पछाडि केही दिनअघि भएको घटनामा प्रहरीको लापरवाही पनि कारक रहेको स्थानीयबासीले आरोप लगाएका छन्।

बमबहादुर र धनराजको परिवार नै सखाप हुने गरी घटाइएको आरुबोटे हत्याकाण्डका पछाडि पाँचथर प्रहरीको गम्भीर लापरबाही कारक रहेको स्थानीय बताउँछन्। सत्य तथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न उनीहरूले माग गरेका छन्। 

गत बैशाख ३० गते धनराजको घरको नुनको बट्टामा सिसाका टुक्रा मिसाई दिएपछि खाना र चाउचाउ पकाएर खाँदा ८ जना गंम्भीर बिरामी भएका थिए। घरमा रहेको नुनको बट्टामा शिशा मिसाइएको घटनामा धनराजको परिवारले आत्महत्या गरेका बमबहादुरका कान्छा ज्वाई मानबहादुर माखिम, मिक्लाजुङकै चन्द्र कुरुङबाङ र सुनिल फियाकविरुद्ध प्रहरी चौकी दशमीमा जाहेरी दिइएको थियो।

तर प्रहरीले उक्त जाहेरीउपर कारबाही नगर्दा सोमबार आरुबोटेमा ९ जनाको हत्या भएको स्थानीय प्रेमकुमार फियाकले आरोप लगाए। धनराजको घरको नुनको बट्टामा शिशा मिसाइदिएको घटना बाहिर आएपछि मानबहादुरले रिसिइवीका कारण गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय रवीमा समेत जाहेरी दिँदा समेत प्रहरीले कारबाही अघि नबढाएको उनको भनाई छ।

मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष हस्तराज फियाकले पनि प्रहरीले मानबहादुर लगायत तीनजना आरोपित विरुद्ध जाहेरी दर्ता नगरेको र अनुसन्धान अगाडि नबढाएका कारण रिसिइवी साँध्न बमबहादुर र धनराजको परिवारको हत्या गरिएको शंका गरे।

प्रहरीले धनराजको घरमा भएको शिशा मिसाएको नुनको बट्टा बरामद गरे पनि यस विषयमा थप अनुसन्धान अगाडि नबढाएका कारण आरुवोटे हत्याकाण्ड घटेको अर्का स्थानीयबासी मिसेक फियाकले बताए।

सिसा मिसाइएको घटनामा प्रहरी चौकी र खान्द्रुङ प्रहरी चौकीका प्रहरी प्रमुखको गम्भीर लापरबाहीका कारण घटेको वडाध्यक्ष हस्तबहादुरले बताए। तर घटनामा मुख्य हात रहेको शंका गरिएका मानबहादुरले पनि आत्महत्या गरेपछि घटना झन् रहश्यमय बनेको छ।

यता कतिपय स्थानीयले ९ जनाको हत्या गर्न मानबहादुरले मात्र नसक्ने भन्दै घटनामा अन्य व्यक्तिहरूको पनि हात रहेको हुन सक्ने बताएका छन्। उनीहरूले तत्काल अपराधीलाई पत्ता लगाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

प्रहरीले उजुरीउपर अनुसन्धान नगरेको आरोप लागिरहँदा पाँचथर प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले भने  बैशाख ३० गतेको सिसा काण्डका विषयमा गाउँपालिकामा नै जनप्रतिनिधि बसेर छलफल गरिएको बताए। उनले सिसा काण्डमा पीडित परिवारले किटानी जाहेरी नदिएका कारण दोषीलाई पक्राउ गर्न नसकिएको बताए। पछिल्लो घटनाको गहिरो अनुसन्धान भइरहेको पनि उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.