स्कुल बसकै चालकले कुटे विद्यार्थी

स्कुल बसकै चालकले कुटे विद्यार्थी

विराटनगर : बाल कल्याण विद्या मन्दिर स्कुलका बस चालक रितबहादुर मगरले विद्यार्थीलाई बिना कारण निर्घात कुटपिट गरेका छन्। सोही स्कुलको कक्षा ७ मा अध्ययनरत आरएन झालाई बिहीबार घर फर्किरहेका बेला चाकले बसभित्रै निर्घात कुटपिट  गरेका हुन्। 

चालकको कुटाइबाट विद्यार्थीको पाखुरामा गम्भीर चोट लागेको छ। गम्भीर घाइते भएपछि छोरा घर पुगेपछि सामान्य उपचार गराएर बालकका बुबा  कुमार झाले बीहीबार नै स्कुलमा गएर  स्कुल बस चालकविरुद्ध उजुरी हालेका छन्। 

कुमार झाले चालकलाई कडा कारवाहीको माग गर्दे विद्यालयमा उजुरी दिएका हुन्। उनले बिना कारण विद्यार्थीलाई स्कुल बस चालकले कुट्नु ठूलो अपराध भएको भन्दै कारबाहीको माग गरेका हुन्। 

विद्यालय प्रशासनले विद्यार्थी कुट्ने चालक र अभिभावकलाई छलफलका लागि शुक्रबार विद्यालयमा बोलाएको विद्यालयका कर्मचारी दिपक निरौलाले जानकारी दिए। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.